मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली व्यवसायी श्रेष्ठको पोल्याण्डमा हत्या, दुई भारतीयले हत्या गरेको पुष्टि

बिहीबार, १९ पुस २०७५, २० : ४२
बिहीबार, १९ पुस २०७५

स्पेन । पोल्याण्डमा व्यवसाय गर्दै आएका नेपाली ईश्वर श्रेष्ठको हत्या आफ्नै रेस्टुरेन्टमा कार्यरत भारतीय कामदारले गरेको खुलासा भएको छ । 

विगत चार वर्षदेखि  ‘एभरेष्ट लन्च एण्ड बार’ सञ्चालन गर्दै आएका श्रेष्ठको कामदारसँगको विवादपछि हत्या भएको जनाइएको छ ।

पोल्याण्ड प्रहरीले गत शुक्रबारदेखि हराइरहेका भनिएका श्रेष्ठको मृत अवस्थामा आफ्नै निलो कलरको डब्लुइ ८७४ एसएम कारको सिटमा शव शनिबार फेला पारेको थियो । 

पोल्याण्ड प्रहरीले अनुसन्धानको क्रममा श्रेष्ठकै रेस्टुरेन्टमा काम गर्ने दुई भारतीयले हत्या गरेको पुष्टि गर्दै थप अनुसन्धान अगाडि पढाएको प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष टंक कटवालले बताए । 

अन्दाजी २८ र २७ वर्षका दुई भारतीय नागरिकलाई पोल्याण्ड प्रहरीले हिरासतमा लिइसकेको  पोल्याण्ड प्रहरीलाई उदृत गदै अध्यक्ष कटवालले बताए । अपराधमा संलग्न भारतीय नागरिकको नाम भने प्रहरीले सार्वजानिक गरेको छैन ।

हत्यामा संलग्नलाई थप अनुसन्धानपछि अदालतमा पेश गरिने र आरोप प्रमाणित भएमा अपराधको प्रकृति अनुसार ८ देखि २५ वर्षसम्म सजाय हुने अध्यक्ष कटवाल बताउँछन् । 

पोखरा लेकसाइड घर भएका श्रेष्ठ व्यापार भिसाामा   चार वर्षअघि पोल्याण्ड आएका थिए । उनको नेपालमा श्रीमती र एक छोरा रहेको बताइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप