शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दाईले बलात्कार गरेको सजाय बहिनीलाई बलात्कार गर्न आदेश

शुक्रबार, १३ साउन २०७४, ०७ : ४१
शुक्रबार, १३ साउन २०७४


मुल्तान – पाकिस्तानको मुल्तानमा एक किशोरीलाई बलात्कार गर्न आदेश दिएको आरोपमा २० जना गाउँ पञ्चायतका सदस्यहरुलाई पक्राउ गरिएको छ । ती किशोरीको दाईमाथि एक अन्य बालिकामाथि बलात्कार गरेको आरोप थियो, जसको बदला लिन यो आदेश दिइएको बताइएको छ ।


प्रहरीका अनुसार पीडित बालिका र किशोरीका परिवार आफन्त थिए । दुवै परिवारका सदस्य मिलेर यो आदेश दिएका थिए ।


समाचार एजेन्सी एएफपीका अनुसार प्रहरी अधिकारी अल्लाह बख्शले भनेका छन्, ‘जिरगा (गाउँको पञ्चायत) ले सजायका रुपमा १६ वर्षीया किशोरीलाई बलात्कार गर्ने आदेश दिएको थियो किनभने ती किशोरीका दाईले एक १२ वर्षीया बालिकाको बलात्कार गरेका थिए ।’


अधिकारीका अनुसार एक व्यक्तिले जिरगालाई नाता पर्ने दाईले आफ्नो बहिनीको बलात्कार गरेको भन्दै उजुरी गरेका थिए । यसबारे निर्णय सुनाउँदै जिरगाले सजायस्वरुप उजुरी दिनेलाई ती युवकका बहिनीलाई बलात्कार गरेर बदला लिन आदेश दिएको थियो । यही आदेश अनुसार बलात्कृत बालिकाको दाईले ती किशोरीमाथि बलात्कार गरेका थिए ।


पाकिस्तानको पत्रिका डनका अनुसार ती किशोरीलाई उनको परिवारको सदस्य र अन्य मानिसहरुको अगाडी बलात्कार गरिएको थियो । पछि बालिका र ती किशोरीकी आमाहरुले प्रहरीमा उजुरी गरेका थिए । मेडिकल परिक्षणपछि दुवैको बलात्कार भएको पुष्टि भएको थियो ।


अर्का प्रहरी अधिकारी अहसान युनुसले बिबिसी उर्दूसँग कुरा गर्दै पहिलो बालिका १२ देखि १४ वर्ष उमेरको र दोस्रो किशोरी १६ देखि १७ वर्ष उमेरकी छिन् ।
उनका अनुसार २५ जनाविरुद्ध उजुरी दर्ता भएको छ भने १२ वर्षीया बलिकाको बलात्कार गर्ने अभियुक्त फरार छन् ।


केही मिडिया रिपोर्टमा जिरगाले बलात्कारको आदेश सुनाएको बताइएको छ भने बिबिसीले दुवै परिवार मिलेर बलात्कार गर्न लगाएको बताएको छ ।


पाकिस्तानको ग्रामिण क्षेत्रमा आपसी विवाद मिलाउन गाउँमा पञ्चायत बनाइएको हुन्छ । यस्ता पञ्चायत गैर–कानूनी मानिन्छ । पछिल्लो वर्ष पनि प्रतिष्ठाका लागि हत्या तथा बदलाका लागि बलात्कार गर्न आदेश दिएको कारण यसको आलोचना भएको थियो ।


सन् २००२ मा पनि एक जिरगाले २८ वर्षीया मुख्तर माईमाथि सामूहिक बलात्कार गर्न आदेश दिएको थियो । मुख्तार माईका १२ वर्षीय भाईमाथि उनीभन्दा बढी उमेरकी महिलासँग सम्बन्ध बनाएको आरोप लागेको थियो ।


मुख्तर माईले बलात्कार गर्नेमाथि अदालतमा मुद्दा दायर गरेकी थिइन् । पाकिस्तानमा बलात्कार पीडितलाई भेदभाव गरिने हुँदा उनको कदमलाई सहासको प्रतीक मानिएको थियो ।


पाकिस्तानको अदालतले अभियुक्तहरुलाई रिहा गरेपछि धेरैले मुख्तर माईलाई देश छोड्न सल्लाह दिएका थिए । तर, उनले आफ्नै गाउँमा रहेर बालिकाहरुका लागि स्कूल स्थापना गरिन् भने आफू बलात्कृत भएको ठाउँ नजिकै महिलाका लागि शरणस्थील निर्माण गरिन् ।


उनको कथामा आधारित ‘थम्पप्रिन्ट’ नामक एक नाटक पनि लेखिएको छ । यसलाई सन् २०१४ मा न्युयोर्कमा प्रदर्शन गरिएको थियो ।
बिबिसीबाट
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप