शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भारत चीनबिचको विवाद यो भेटघाटले सुल्झेला ?

शुक्रबार, १३ साउन २०७४, ०७ : ३२
शुक्रबार, १३ साउन २०७४

सैबल दासगुप्ता / बीबीसी

ब्रिक्स देशका राष्ट्रिय सुरक्षा सल्लाहकारको बैठकका लागि चीन गएका भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले चीनका समकक्षी यांग जिए चसँग भेटघाट गरेका छन् ।

भारत र चीनबिच भूटान सीमामा जारी तनावका बिच भएको यो भेटघाटलाई निकै महत्वपूर्ण मानिएको छ ।

गत जून महिनामा भूटान सीमामा डोकलाममा चीनले भारतीय सेनामाथि सडक निर्माणमा बाधा पुर्याएको आरोप लगाएका थिए ।

डोकलाम गतिरोध : भारत–चीन युद्धतर्फ अघि बढ्दै छन् त ?

त्यतिबेलादेखि चीनले लगातार भारतमाथि आरोप लगाउँदै आएको छ र डोकलामबाट आफ्नो सैनिक फिर्ता बोलाउन बारम्बार दबाब दिइरहेको छ।

चीनका राष्ट्रिय सुरक्षा सल्लाहकार यांग जिए चे चीनको कम्युनिष्ट पार्टी र राजनीतिमा निकै उच्च ओहदाका हुन् ।

अजित डोभाल र यांग जिए चेको भेटघाट निकै महत्वपूर्ण मानिएको छ किनभने चीनले यसै भेटघाटपछि आफ्नो अडानमा केही लचिलो हुने संकेत दिँदै डोकलामको विषयलाई सुल्झाउने सोच बनाएको देखिन्छ ।

के चीनलाई बुझ्न गल्ती गरिरहेको छ भारत ?

ब्रिक्सको बैठकपछि यांग जिए चे रसिया, ब्राजिल र दक्षिण अफ्रिकाका सुरक्षा सल्लाहकारलाई पनि भेटेका थिए ।

यसै सिलसिलामा अजित डोभालसँग उनको भेटघाटपछि डोकलाम तनावमा केही कमी आउनसक्ने आशा गरिएको छ ।

भारत चीनबिचको विवाद ५८ वर्ष पुरानोः यसपटक चीनले सिक्किमलाई किन रोज्यो ?

अजिल डोभाल र यांग जिए चेको बैठक पछि चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले तत्काल एक कमेन्ट्री प्रशारण गर्यो जसमा भाइचाराको कुरा गरिएको थियो । पश्चिमी देशले भारत–चीनबीच युद्ध गराइरहेको तर आफूहरुबिच भाइचाराको सम्बन्ध रहेको चीनियाँ मिडियाले बताएको छ ।

यसमा कतै पनि यो भनिएको छैन कि भारतले डोकलामबाट आफ्नो सैनिक फिर्ता बोलाउनु पर्छ, त्यसपछि मात्र कुरा अगाडि बढ्छ ।

भारत र चीनबिच युद्ध भए रसियाले कसलाई समर्थन गर्ला ?

सिन्ह्वाद्वार प्रशारित कमेन्ट्रीमा यो पनि भनिएको छ कि भारतले चीनलाई अविश्वास गर्न बन्द गर्नुपर्छ । यसमा भनिएको छ, ‘चीन भारतको विकास चाहन्छ र भारतले चीनको साटो आफ्नो देशमा विद्यमान भ्रष्टाचार र अन्य समस्यासँग जुध्नुपर्छ ।

भारत–चीनबिचको तनावमा किन चुप छ भूटान ?

अजित डोभालको चीन यात्रालाई सफल मानिँदैछ तर डोकलाममा भारत र चीनको तनाव कम गर्नका लागि दुबै देशका अधिकारीले विभिन्न स्तरमा कोसिस गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप