शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

२ सय ३५ केजी चरेस सहित दुईजना पक्राउ

बिहीबार, १९ पुस २०७५, १६ : ०६
बिहीबार, १९ पुस २०७५

काठमाडौं– नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले २३५ केजी प्रतिबन्धित लागूऔषध (चरेश) सहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारतीय नागरिक सत्यन्द्र सिंह बेघल र पर्सा सोनबर्षा–५ स्थायी घर भएका लाल महम्मद गद्दी रहेका  छन् ।

काठमाडौंबाट भारततर्फ जाँदै गरेको ‘एचआर ३८ एस ९३७१’ नम्बरको भारतीय कन्टेरमा लुकाई छिपाई लैजाँदै गरेको अवस्थामा धादिङको गजुरीबाट उक्त परिमाणको चरेश बरामद गरिएको ब्युरोले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

धादिङ र मकवानपुरका पहाडी क्षेत्रमा उत्पादन हुने चरेशको बजार मूल्य प्रतिकेजी २० हजार देखि ३० हजार रुपैयाँ रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप