शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिवि इतिहास विभाग विद्यार्थीको खोजीमा, विद्यार्थी तान्न छात्रवृत्ति !

बिहीबार, १९ पुस २०७५, १३ : ४४
बिहीबार, १९ पुस २०७५

काठमाडौं–त्रिभुवन विश्वविद्यालयले इतिहास अध्ययन गर्न चाहाने विद्यार्थीहरुका लागि छात्रवृत्तिको व्यवस्था गर्ने तयारी गरेको छ । 

त्रिभुवन विश्वविद्यालय इतिहास केन्द्रिय विभागमा भर्ना हुने विद्यार्थीको संख्या शून्यमा झरेपछि इतिहास अध्ययनप्रति विद्यार्थीहरुको रुचि जगाउन विभागले यथासम्भव छात्रवृत्तिको व्यवस्था गर्ने विषयमा छलफल सुरु गरेको हो । 
२०७४ सालमा त्रिभुवन विश्व विद्यालयमा इतिहाँस पढ्न एक जना विद्यार्थी पनि भर्ना भएनन् । विद्यार्थीहरु भर्ना नै नहुनेस्थित बनेपछि यसप्रति आकर्षण जगाउन छात्रवृत्तिको विशेष व्यवस्था गर्ने विषयमा परामर्श सुरु गर्नु परेको त्रिभुवन विश्वविद्यालय इतिहास केन्द्रिय विभागका प्रमुख प्राध्यापक डाक्टर शंकर थापाले जानकारी दिए । 

 विभागले बिहीबार काठमाडौंमा इतिहासका विषयमा अध्ययनमा रुचि घटदै जानुको कारणको खोजी गर्न अन्तरक्रिया कार्यक्रमनै आयोजना गरेको थियो । 

कार्यक्रममा बोल्दै विभागका प्रमुख प्राध्यापक डाक्टर थापाले इतिहासका विषयमा रुचि राख्ने व्यक्तिहरुलाई पनि समेटेर बिहानी कक्षा संचालन गर्ने प्रस्ताव पनि अघि सारे । 

 २०७० सालमा सेमिस्टर प्रणाली लागू भएपछि विद्यार्थी भर्ना संख्या घट्दै गएर २०७४ सालमा शून्यमा झर्न पुगेपछि इतिहास विषयमा विद्यार्थीहरुको आकर्षण बढाउन छात्रवृत्ति व्यवस्था लगायतका विषयमा छलफल सुरु गरिएको पनि विभागका प्रमुख थापाले बताए । 

त्रिभुवन विश्वविद्यालय इतिहास केन्द्रिय विभागका पूर्व प्रमुख प्राध्यापक डाक्टर त्रिरत्न मानान्धरले इतिहास विषयमा विद्यार्थीहरुको रुचि जगाउन अन्तराष्ट्रिय सम्बन्ध जस्ता कूटनीतिक इतिहासका विषयलाई पनि पाठ्यक्रममा समावेश गर्न विभागलाई सुझाव दिए । 
समयको आवश्यक्तालाई सम्बोधन हुने खालका विषय खोजी गरि पठनपाठन सुरु गरे ईतिहास विषयमा पनि पुनः अध्ययन गर्नेहरुको रुचि जगाउन सकिने उनको भनाई छ ।

२०७० सालको पहिलो सेमिष्टरमा विभागमा ७ जना विद्यार्थी भर्ना भएका थिए । २०७१ सालमा ६ जना, २०७२ सालमा २ जना, २०७३ सालमा १ जना र २०७४ सालमा विद्यार्थी भर्ना नै नभएपछि विश्वविद्यालयले यस विषयको अध्ययनमा रुचि जगाउन आवश्यक छलफल सुरु गरेको हो । 
लोक सेवा आयोगको पाठयक्रमबाट इतिहासका विषय हटाएपछि पनि इतिहास अध्ययन गर्ने विद्यार्थीहरुको रुचि घट्न गएको विभागको निष्कर्ष छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप