शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रातीको उडानमा एक्ली यात्री थिइन् यी युवती, सात सदस्यसँग खिचिन् सेल्फी

बिहीबार, १९ पुस २०७५, १३ : २९
बिहीबार, १९ पुस २०७५

चार्टर्ड प्लेनमा एक्लै यात्रा गर्ने सपना त धेरैको हुन्छ तर त्यो कमै पूरा हुन पाउँछ । यस्तै यदि तपाईं व्यवसायिक विमानमा यात्रा गर्नु हुन्छ भने यो सपना पूरा हुन लगभग असम्भव नै छ । तर लोएसा एरिस्पेकी एक महिलाको यो सपना पूरा भएको छ ।

लाइसा मनिला जानका लागि फिलिपिन्सको एयरपोर्टमा पुगिन् र पिआर२०२० फ्लाइटमा बसिन् पनि । लोइसालाई थाहा थिएन कि उक्त फ्लाइट उनको लागि निकै अविष्मरणीय हुनेछ । लोइसाको फ्लाइटमा उनीबाहेक अरु कुनै यात्री नै थिएनन् । उक्त फ्लाइट रातीको थियो र त्यसमा सात क्रु मेम्बर्स थिए ।

लोइसाले खाली विमानको तस्बिर खिचिन् । उनले विमानका सात क्रु मेम्बर्ससँग पनि सेल्फी खिचेकी छिन् । उक्त फोटोलाई लोइसाले फेसबुकमा सेयर गरिन् । जब उनी मनिलामा उत्रिइन् तब कनवेयर बेल्टमा पनि उनको मात्रै लगेज थियो ।

लोइसाको फेसबुकमा उनी पिटिभीकी समाचार रिपोर्टर भएको जानकारी उल्लेख छ ।

यसअघि पनि केरन ग्रीव नामकी एक महिलाले यस्तै एक्लै यात्रा गर्ने मौका पाएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप