बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

उद्योगको धूवाँ अस्पातालभित्रै

शुक्रबार, १३ साउन २०७४, ०६ : ४८
शुक्रबार, १३ साउन २०७४

नेपालगन्ज - सुर्खेत रोस्थित औद्योगिक क्षेत्रबाट मुस्किलले सय मिटर उत्तरमा छ शिक्षण अस्पताल ।

उद्योग चलेको बेला झ्याल खोल्न नमिल्ने गरी धूवाँ अस्पतालको वार्डसम्मै आइपुग्छ । आजको कान्तिपुरमा खबर छ ।

'अस्पतालका वार्ड र चिकित्सक क्वार्टर मात्र होयन, वरपरका घरमा पनि समस्या छ ।' फिजिसियन डा. मधु अर्यालले भने, 'बिरामीले स्वच्छ सास फेर्नसमेत पाउँदैनन् ।'

उद्योगको चिम्नीबाट कालो धुवाँ आउँछ । ध्वनी प्रदुषण पनि उत्तिकै छ । सहरको मध्यभागका रहेको औद्योगिक क्षेत्रले सर्वसाधारणको स्वास्थ्यमा प्रतिकुल असर पारिरहेको डा. अर्याल बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप