शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लोकसेवा टिप्स

बिहीबार, १९ पुस २०७५, ११ : ५०
बिहीबार, १९ पुस २०७५

- सन् २०१८ को विश्वकप फुटबलको विजेता राष्ट्र कुन हो ?

फ्रान्स

- सन् २०१८ मा सम्पन्न एसियाली खेलकुद प्रतियोगितामा नेपालले कुन खेलबाट रजत पदक पाएको थियो ?

प्याराग्लाइडिङ 

- सन् २०१८ को मिस युनिभर्स विजेता कुन देशको र को हुुनुहुन्छ ?

फिलिपिन्सकी क्याटिओना ग्रे ।

- सन् २०१८ मा सम्पन्न मिस वल्र्ड प्रतियोगिताको विजेता को हुनुहुन्छ ?

मेक्सिकोका भनेसा पोन्स ।

- नेपालका वर्तमान प्रधान सेनापति को हुनुहुन्छ ?

पूर्णचन्द्र थापा

- सन् १६६८ को गौरवमय क्रान्तिका कारण के के हुन् ?

 संसद्को उपेक्षा ।

 विशेष अदालतको स्थापना ।

 क्याथोलिक सेनाको स्थापना ।

 शैक्षिक क्षेत्र अर्थात् विश्वविद्यालयमा राजाको हस्तक्षेप ।

 धार्मिक विवाद ।

 जेम्सका छोराको जन्म ।

 संसद्को निर्वाचनमा राजाको हस्तक्षेप ।

 फ्रान्ससँग मित्रता ।

 स्थायी सेनाको सङ्ख्यामा वृद्धि ।

 आयरल्याण्ड र स्कटल्याण्डमा निरङ्कुश शासन ।

 

- सङ्गीत प्रवीण भनेर नरराज ढकाललाई चिनिन्छ भने आयामेली कवि भनेर कसलाई चिनिन्छ ?

तिलविक्रम नेम्वाङ्ग

- सिंहदरबारमा कहिले आगलागी भएको थियो ?

विसं २०३०, असार २५ गते

- जैन धर्मअनुसार जम्मा कति तीर्थंकरहरू भए ?

२४

- पशुपतिमा भगवान शिवलाई कसको मुकुट पहिराउने चलन छ ?

बुद्ध

- राष्ट्रिय सभाको वर्तमान अध्यक्ष को हुनुहुन्छ ?

गणेश तिमिल्सिना

- प्रकाशले एक सेकेण्डमा कति दूरी पार गर्छ ?

करिब तीन लाख किलोमिटर

- धान खेतीको लागि कस्तो माटो उपयुतm हुन्छ ?

पाँगो माटो

- पृथ्वी राजमार्ग कुन देशको सहयोगमा निर्माण गरिएको हो ?

चीन

- बालाजु औद्योगिक क्षेत्र कुन सरकारको सहयोगमा स्थापना भएको हो ?

अमेरिका

- म नै राज्य हुँ भन्ने फ्रान्सका राजा को थिए ?

लुई चौधौं

- नेपालीलाई सरकारी कामकाजको भाषा बनाउने निर्णय कहिले भएको थियो ?

२०२१ वैशाख २ गते

- जङ्गबहादुरपछि बेलायतको भ्रमण गर्ने राणा प्रधानमन्त्री को हुन् ?

चन्द्र शमशेर

- तिब्बती पात्रोअनुसार ल्होसार भन्नाले कुन दिनलाई सम्झनुपर्छ ?

नयाँ वर्ष

- निजी क्षेत्रबाट बनेको पहिलो नेपाली चलचित्र कुन हो ? 

माइतीघर

- बौद्धमार्गीको शास्त्रीय नृत्यलाई के भनिन्छ ?

चर्या नृत्य

- युनेस्कोको स्थापना कहिले भएको हो ?

सन् १९४६

- विद्युत्का पिता भन्नाले कसलाई बुझिन्छ ?

माइकल फेराडे

- बिहारको दुःख भनेर कुन नदीलाई चिनिन्छ ? 

कोसी नदी

- अन्तरिक्षमा जाने पहिलो महिला को हुन् ?

भ्यालेन्तिना तेरेस्कोभा (रुस)

- नेपालको लामो नदी कर्णालीको लम्बाइ कति छ ?

५०७ किलोमिटर

- इन्द्रावती नदीको उद्गमस्थल कहाँ छ ? 

लामटाङ हिमाल

- काँक्रे बिहार कुन जिल्लामा पर्छ ?

सुर्खेत

- इतिहासका पिता भनेर कसलाई चिनिन्छ ?

हेरोडोट्स

- मल्ल वंशका पहिलो राजा को हुन् ?

अरी मल्ल

- पाटनको श्रीकृष्ण मन्दिर कसले बनाएका हुन् ?

सिद्धिनरसिंह मल्ल

(गोरखापत्रबाट साभार ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप