शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘प्रेमनाथ’ को ट्रेलरमा प्रेम, एक्सन र रोमान्स

बिहीबार, १९ पुस २०७५, १० : ५३
बिहीबार, १९ पुस २०७५

काठमाडौं – प्रेमकथामा बनेको फिल्म ‘प्रेमनाथ’को ट्रेलर तथा फस्टलुक सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्मको ट्रेलर तथा फस्टलुक सार्वजनिक गरिएको हो ।

फस्टलुक पोस्टरमा फिल्मका पुरै कलाकारले स्थान पाएका छन्, भने ट्रेलर पनि अन्य फिल्मको भन्दा केही भिन्न छ । करिब तीन मिनेटको ट्रेलरमा प्रेम, एक्सन र रोमान्सका दृश्यले प्राथमिकता पाएका छन् । ट्रेलर हेर्दा फिल्म साउथ शैलीमा निर्माण भएको अनुमान लगाउन सकिन्छ । 

२५ सय बर्ष अगाडिको प्रेमकथा दाबी गरिएको फिल्म कलाकार गणेश बेलवासेले निर्देशन गरेका हुन् । 

फिल्ममा सुरवीर पण्डित, गजित बिष्ट, नवीन श्रेष्ठ, कमल गाउँले, गणेश बेल्वासे, मियुम जिरेल, शेखरजंग मल्ल, सम्झना भेटवाल, पूजा रिजाल, सिर्जना राईलगायतको अभिनय रहेको छ । 

२२ चैत्रबाट प्रदर्शनमा आउने फिल्मबाट कृति गौतम र मोनालिशा विष्टले अभिनयमा डेब्यु गरेका छन् । काठमाडौं, लुम्बिनी, रोल्पा, लखनउ, दाङ लगायतका स्थानमा छायाँकन भएको फिल्मका निर्माता गुहेश्वरी बेलबासे हुन् । कपिलप्रसाद दवा कार्यकारी निर्माता रहेको फिल्ममा सह–निर्माताको रुपमा बसन्तराज भट्ट र मिलन राई समेत रहेका छन् । 

काठमाडौं बाहिर एफडी कम्पनीले वितरण गर्ने फिल्म उपत्यकामा गोपाल कायस्थले वितरण गर्नेछन् । भारतमा वितरणको जिम्मा बर्चस्व इन्फ्राटेक प्रालिका उमेश सिंहले लिएका छन् । ‘प्रेमनाथ’का द्वन्द्व निर्देशक भरत क्षेत्री हुन् । फिल्मको संगीतकारमा सन्तोष श्रेष्ठ, भुपु पाण्डे र एसडी योगी रहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप