किन सेतो हुन्छ हवाईजहाजको रङ ?
बिहीबार, १९ पुस २०७५, ०९ : ५५
एजेन्सी – तपाईंले सानैदेखि देख्दै आएको हवाईजहाजको रङ सेतो नै भएको याद गर्नुभएको छ ? प्रायः हवाईजहाजको रङ सेतो नै हुन्छ । यसको पछाडि वैज्ञानिक कारण जोडिएको बताइन्छ ।
हवाईजहाज धेरै उचाईमा उड्ने भएकाले वायुमण्डलको तापक्रमले असर गर्न नसकोस् भनेर सेतो रङको प्रयोग गरिन्छ । सेतो रङमा तापमान बढ्ने सम्भावना कम हुने भएकाले हवाईजहाजको पाटपुर्जामा नराम्रो असर नपर्ने र सेतो रङले ताप र घाम आफूतिर एकिकृत हुन दिदैँन ।
अर्को कारण यसको पेन्टिङमा लाग्ने खर्च पनि हो । यदि हवाईजहाजमा अन्य रङको प्रयोग गरियो भने छिट्टै उड्ने र फेरि रङ गर्न महंगो पर्ने भएकाले पनि यसमा सेतो रङको नै प्रयोग गरिन्छ ।
साथै, सेतो रङ लगाउँदा विमानको बडीमा आएको कुनै पनि खराबी जस्तै चिरा परेको वा तेल चुहिएको सजिलै देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ