बढ्दै छन् विवाहेतर सम्बन्ध : फेसबुकले निम्त्याउँछ यस्तो समस्या
सामाजिक सञ्जाल र सञ्चारका साधनमाथि बढेको पहँुचसँगै विवाहेतर सम्बन्धको अनुपात पनि बढिरहेको छ ।
प्रहरीअगाडि आउने घर झगडा र घरेलु हिंसाका घटनाको पछाडि कतै न कतै सामाजिक सञ्जाल र विवाहेतर सम्बन्ध रहेको उनीहरुको भनाइ छ । आजको कान्तिपुरमा खबर छ ।
कालिमाटीस्थित महिला सेलमा एक महिलाले पतिसँग बस्न नसकिने भएकाले छोराछोरीलाई स्याहारसुसार गर्न आवश्यक रकम पतिबाट तिराइ पाउन केही दिनअघि उजुरी दिएकी थिइन् । कारण बुझ्दै जाँदा फेसबुकर फोनबाट श्रीमानको पहिलेकी प्रेमीकासँग झाँगिएको सम्बन्धले दुवैबीचको दूरी बढाएको रहेछ ।
धादिङका एक पुरुष विदेश गए । नेपालकै एक महिलासँग फेसबुका चिनजान भयो, अन्तरंग कुराकानी भयो, भिडियो च्याटसमेत हुन थाल्यो । एक बर्षपछि उनी नेपाल फर्किए । ती युवतीसँग विवाह गनेृ वाचा गरेका ती पुरुष छाँगाबाट खसेझैं भए जब ती युवतीले केहि अघि मात्र आफ्नो श्रीमानसँग सम्बन्धविच्छेद गरेको थाहा पाए । काठमाडौं आएपछि उनको अन्य पुरुषसँग सम्बन्धका कारण श्रीमानसँग सम्बन्धविच्छेद भएको थाहा पाएपछि उनले विवाह गर्न मानेनन् । उनले विवाह गर्न नमान्दा उक्त महिला उजुरीसहित क्षतिपूर्तिको माग गर्दै प्रहरीमा पुगिन् ।
प्रहरीमो महिला सेलमा आजकल अधिकांश महिलामाथि श्रीमान वैदेशिक रोजगारीमा गएपछि अर्को सम्बन्ध बनाएको यजुरी पर्ने गरेको छ ।
केही घटनामा भने सामाजिक सञ्जालमार्फत भएको मित्रतालाई शंका गरेर प्रहरीअगाडि पुग्ने दम्पती पनि छन् ।
कालिमाटी महिला सेल इन्चार्ज प्रहरी निरीक्षक सुरक्षा केसीले भनिन् 'दिनहुँ पतिपत्निबीचको झगडा १० भन्दा बढी आउँछन्, जसमा हिजो आज प्रमुख कारण विवाहपछिको सम्बन्ध नै हुने गरेको छ । यस्ता घटनामध्ये धेरैलाई घरायसी झगडासम्म मात्र सीमित हुन्छ भने केही घरेलु हिंसासम्म निम्त्याउँछ ।'
यस्ता सम्बन्ध बनाउनेमा महिला र पुरुष दुवैको संख्या उत्तिकै रहेपनि सम्पत्ति लिएर महिला गएपछि मात्र पुरुषहरु प्रहरीअगाडि आउने गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ