बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मानव तस्करको ‘भर्‍याङ बन्दै नेता’ :तस्करको संगठित गिरोहले यसरी गर्छन नेतालाई प्रयोग

शुक्रबार, १३ साउन २०७४, ०६ : ३१
शुक्रबार, १३ साउन २०७४

काठमाडौं - खाडी मुलुकमा घरेलु कामदार हाउसमेड पठाउन सरकारले लगाएको प्रतिबन्ध खुलाउन ठूला तीन दलका नेता नै लागिपरेको खुलेको छ ।

प्रतिबन्ध फुकुवा गर्नका लागि तस्करको संगठित गिरोहले नेताहरूलाई प्रयोग गरी आफूलाई दबाब दिइरहेको श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले बताएका छन् ।

सरकारले पछिल्लोपटक चैत अन्तिम साता घरेलु कामदारका रूपमा कुवेत, कतार, साउदी अरेबियालगायत खाडी मुलुक जान प्रतिबन्ध लगाएको थियो ।

घरेलु कामदारका रूपमा जाने नेपाली युवायुवतीले चरम यातना पाएको, समयमा तलब नपाएको र महिला कामदारले यौनजन्य हिंसासमेत बेहोर्नुपरेको गुनासो आएपछि खाडी पठाउन प्रतिबन्ध लगाइएको हो ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप