शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीमानको हुङ्कार : ‘फैसला उल्टिन्थ्यो, उल्टिन्छ’

बुधबार, १८ पुस २०७५, १४ : ५९
बुधबार, १८ पुस २०७५

काठमाडौं– बुधबार सर्वोच्च अदालत परिसरको दृश्य भव्य मेला जस्तै थियो । नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले पदभार ग्रहण गरी पत्रकारसँग अन्तरक्रिया कार्यक्रम राखे । आफ्नो कार्ययोजनाको संक्षिप्त परिचय दिँदै ‘भष्टाचार र अनियमितताविरुद्ध शून्य सहनशीलताको नीति लिएको’ स्पष्ट पारे । 

जब पत्रकारसँग अन्तरक्रिया सुरु भयो, पत्रकारहरुले केही गम्भीर विषयबारे प्रधानन्यायाधीशको ध्यनाकर्षण गराउँदै जवाफ माग गरे ।  पत्रकारहरुले सोधेको प्रश्नमध्ये एउटा प्रश्न थियो –‘भ्रष्टाचार र लेनदेनसँग सम्बन्धित धेरै फैसला उल्टी भयो । पहिले भ्रष्टचारी ठहर भएकाहरुले धमाधम फैसला उल्टी हुँदै सफाइ पाउन थाले । मुद्दा पार्ने सम्बन्धमा पनि आफू अनुकूल न्यायाधीशको खोजी हुन थाल्यो । यसबारे के भन्नुहुन्छ ?’


लगत्तै प्रतिक्रिया दिएका प्रधानन्यायाधीश राणाले फैसला तथ्यमा आधारित हुने भन्दै फैसला सुल्टी र उल्टीको सम्बन्धमा धेरै चिन्ता नलिन पत्रकारलाई सुझाव दिए । उनले भने ‘फैसला उल्टी न्यायको एउटा प्रक्रिया हो । यो भइरहन्छ । फैसला उल्टिन्थ्यो, उल्टिन्छ । उल्टीको विषयमा धेरै चिन्ता नलिनुस् ।’

फैसला उल्टीको विषयमा प्रधानन्यायाधीशले केही गम्भीर कुरा भन्लान् भन्ने धेरैको जिज्ञासा थियो । सुरुवातमै ‘फैसला उल्टीको विषय धेरैको चासोको विषय भएको’ भन्दै जवाफको सुरुवात गरेका राणाले उल्टीको सम्बन्धमा दिएको जवाफले भने धेरैलाई निराश बनायो । 

सुरु भयो सर्वोच्चमा ‘राणा’ काल (फोटोफिचर)

अन्तरक्रियामा पत्रकारले गरेको अर्को गम्भीर विषय थियो, ‘न्याय सम्पादनका सम्बन्धमा सूचना पाउनै कठिन भयो ।’ त्यसको जवाफ दिँदा राणाले पत्रकारलाई केही पाठ पढाउन पनि भ्याए ।

न्यायालय र न्यायाधीशविरुद्ध आक्षेप लाग्ने समाचार नआओस्

‘अदालत र न्यायाधीश संवेदनशील विषय हो । तपाइँको धर्म र दायित्व यो संस्थालाई बचाउनु हो । यदि तपाईंले धर्म भुल्नु भयो भने स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायापालिका पाउन सक्नुहुन्न । न्याय जहिल ेपनि संविधान र कानुन बमोजिम, प्रतिवादित नजीर र विश्वव्यापी मान्य सिद्धान्तका आधारमा हुन्छ ।

मिसिलमा रहेका सबुत प्रमाणको अधिकतम मूल्यांकन गरेर न्यायमा नजिक पुग्ने दृष्टिकोणबाट न्याय सम्पादन गरिन्छ ।र न्यायलाई बुझ्ने आ–आफ्नो तरिका हुन्छ, जुन गलत हो । न्यायलाई जहिले पनि न्यायकै रुपमा बुझ्नुपर्छ । न्यायलाई बुझ्नका लागि न्यायमा ज्ञान पनि हुनुपर्छ । त्यसकारण तपाईँहरुले त्यही भूमिका निर्वाह गर्नुपर्छ । त्यसकारण न्यायालय र न्यायाधीशको विरुद्धमा लेख्दा तथ्यपरक होस् । न्यायालय र न्यायाधीशप्रति आक्षेप लगाउने काम भविष्यमा नहोस् ।’

‘सेटिङ’मा दर्ता भयो प्रेरणाको रिट ! पाउलिन् त ‘न्याय’ ?


पत्रकारको अर्को पश्न ‘अदालतमा हुने भ्रष्टाचार र त्यसलाई रोक्ने उपाय’का बारेमा थियो ।  त्यसको जवाफ दिँदै प्रधानन्यायाधीश राणाले ‘न्यायालय र न्यायाधीशको सूक्ष्म निगरानी राखेर भ्रष्टाचार र अनियमितता रोक्ने’ प्रतिवद्धता जनाए ।

न्यायालयमा न्यायाधीशहरुको ग्रुप विभाजनको सम्बन्धमा आएको प्रश्नमा जवाफ दिँदै उनले ‘अब न्यायाधीश र न्यायालय एक भएको’ प्रतिक्रिया दिए ।

‘विवादका बादशाह’ चोलेन्द्र बन्लान् भावी प्रधान न्यायाधीश ?

संसदीय सुनुवाइमा चोलेन्द्र शमशेर : प्रेरणाको दाइजो फैसला न्यायसङ्गत, सांसदले सम्झाए महाअभियोगको बाटो

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप