शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘भारतीय बजारमा नेपाली बियर निर्यात् सरकारसँग आग्रह अर्ब नाफा’  ः प्रबन्ध निर्देशक खड्का

बिहीबार, १२ साउन २०७४, २२ : २७
बिहीबार, १२ साउन २०७४

काठमाडौं –नेपालमा उत्पादित वियर भारतीय बजारमा निर्यात गर्न बाटो खोलीदिन टाईगर ब्रअरीका प्रबन्ध निर्देशक तेजेन्द्रसिंह खड्काले सरकारसँग आग्रह गरेका छन् । 
विगत लामो समयसम्म भारतमा बसेर मदिराको कारोबार गरेका खड्काले भारतीय सरकारलाई १७ अर्ब मुल्य बराबरको राजश्व तिरेको स्मरण गर्दै विगत दुई आर्थिक वर्षमा १ अर्ब २० करोड नेपाल सरकारलाई राजश्व तिरेको समेत जनाए । 

उनले भने, ‘बरु प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणका बेला नेपाल र भारतबीच व्यापार सम्बन्धि प्रभावकारी सम्झौता गर्न म विशेष आग्रह गर्दछु, त्यस्तै नेपाली बियरलाई भारत निर्यातका लागि बाटो खोलिदिनको लागि पनि म प्रधानमन्त्रीज्यूलाई विशेष आग्रह गर्दछु ।’
उनले नेपाली बियर भारतीय बजारमा निर्यात भए नेपाललाई वार्षिक दुई अर्ब नाफा हुने समेत स्पष्ट पारे । उनले भने, ‘हाम्रो भारतसँग असाध्यै धेरै व्यापार घाटा छ, त्यसैले नेपाली बियरहरुलाई भारतीय बजारमा समेत निर्यात गर्ने वातावरण बनोस्, नेगेटिभ लिष्टबाट हटाईयोस् भन्ने हाम्रो माग हो ।’

टाईगर ब्रुअरीले टेन्सबर्ग, लन्डन आईस र नेपाल टाईगर गरी तीन प्रकारका वियरहरु बजारमा छ । पछिल्लो समय बहुराष्ट्रिय कम्पनीका उत्पादन सँग प्रतिस्पर्धा रहेको टाइगर्स ब्रुअरी बजारमा अग्रणी स्थानमा मानिन्छ ।

 नेपाल मा उत्पादित वियरलाई विदेश निर्यात गर्न सके व्यापार घाटा नै कम गर्न सकिने उनको दावी छ । त्यस्तै, राज्यले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्दै निर्यात गर्न सहज वातावरण बनाइदिन समेत उनले आग्रह गरे ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप