शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘प्रेम गीत २’को मल्टिप्लेक्समा आक्रमक बुकिङ,  के होला ब्यापार  ?

बिहीबार, १२ साउन २०७४, २२ : ११
बिहीबार, १२ साउन २०७४

काठमाडौ – रोमान्टिक र एक्सनले भरिएको चलचित्र ‘प्रेमगीत २’ शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र हो । म्यानमारबाट नेपाल घुम्न आएकी एक युवतीको नेपालीसँग प्रेम बसेपछि उत्पन्न परिस्थिती बिषयबस्तुका रुपमा उठाइएको चलचित्रमा अभिनेता प्रदीप खड्का र नव अभिनेत्री अश्लेषा ठकुरी मुख्य भुमिका रहेका छन् । 

निर्माता सन्तोस सेन समेतको जोडदार अभिनय रहेको चलचित्र ८० भन्दा बढि पर्दाबाट एकसाथ लाग्ने वितरक गोविन्द शाहीले बताए । धेरै चलचित्र भवनमा लाग्ने मात्र होइन, पैसा कमाउने चलचित्र ‘प्रेमगीत २‘बन्ने उनको दाबी रहँदै आएको छ । 

रामशरण पाठकले निर्देशन गरेको यो चलचित्र पोखरा र बुटवलमा केही दिन अघि बिषेश भएको थियो । सोमा उल्लेख्य दर्शकको सहभागीता थियो, भने चलचित्र राम्रो भएके प्रतिक्रिया अधिकाम्स दर्शकले दिएका थिए । 
सन् १९४५ मा दोस्रो विश्वयुद्धको परिवेश चित्रण गर्दै चलचित्रले एक्सन, प्रेम, ड्रामा र कमेडी तत्व समेत मिसाएको छ ।

चलचित्रले बुधबारबाट एडभान्स बुकिङ समेत थालेको थियो । बुकिङको पहिलो दिन मुख्य मल्टिप्लेक्समा ६० प्रतिशत माथि अकुपाइड गरेको चलचित्रले दोस्रो दिन विहिबार ९० प्रतिशत बुकिङ सिर्जना गर्न सक्यो । 

एड्भान्स बुकिङमा प्रस्तुत उछालको प्रभाव सोज बढोत्तरीमा देखिएको छ । सर्वाधिक सेयर प्राप्त हुने मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्सले काठमाडौंका आउलेटमा मात्र चलचित्रको लागि १४ सोज उपलब्ध गराउने जनाएको छ । 

चलचित्रको कुमारी, जयनेपाल, सेन्ट्रल, लाबिम हलका बिहानी, रात्री र दिवा सोजमा उच्च बुकिङ छ । ‘बुकिङको यो ट्रेन्डले आक्रामक ओपनिङको संकेत गर्छ’ निर्माता सन्तोष सेनले भने, ‘अपेक्षाभन्दा बढी दर्शकीय विश्वास र अपेक्षा एड्भान्स बुकिङमा देखियो ।’

क्यूएफएक्सले बुकिङका आधारमा तीन सो थपेर सोज संख्या १५ पु¥याएको छ । बिग मूभिजले चार, एफक्युबले चार, क्यूजले चार सोज दिएका छन् । मोफसल र काठमाडौंका एकल पर्दामा समेत दर्शकको चाप चलचित्र युनिटले अनुमान गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप