शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

दुई युवतीले श्रीमानसँग सम्बन्धविच्छेद गरेर एक–अर्कासँग गरे विवाह

बुधबार, १८ पुस २०७५, १० : १६
बुधबार, १८ पुस २०७५

उत्तर प्रदेशको हमिरपुरका दुई महिलाले श्रीमानसँग सम्बन्धविच्छेद गरेर एक अर्कासँग विवाह गरेका छन् । विगत सात वर्षदेखि प्रेममा रहेका यी महिलाले आफ्नो इच्छा विपरित पुरुषसँग विवाह गरेका थिए । तर उनीहरुले एक–अर्कालाई बिर्सन सकेनन् ।

यद्यपी, उनीहरुको विवाह रजिस्ट्रारले दर्ता भने गरेनन्  । समलिङ्गी विवाहबारे कुनै कानून नभएकाले उनीहरुको विवाह दर्ता नगरिएको उनले बताए ।

२१ र २६ वर्षे यी दुईले डिसेम्बर २९ तारिखमा आफ्नो विवाहले कानूनी र सामाजिक मान्यता पाउनुपर्ने भन्दै रजिस्ट्रारलाई निवेदन दिएका थिए । तीमध्ये २१ वर्षे युवती एक सन्तानकी आमा पनि हुन् ।

‘राथ पुलिस स्टेशन नजिकै बस्ने यी दुई महिला गत शुक्रबार मेरो अफिसमा आएर एकअर्कालाई माला लगाएर विवाह गरे,’ सह–रजिस्ट्रार रामकिशोर पालले भने ।

२१ वर्षे युवतीका वकिल दयाशंकर तिवारीले भने, ‘मेरी क्लाइन्ट परिषदीय विद्यालयका शिक्षककी छोरी हुन् र २६ वर्षे युवती एक मजदुरकी छोरी हुन् । दुबैले आफ्नो मर्जीले समलिङ्गी विवाह गरेका हुन् । उनीहरुले जिल्लाअधिकारीलाई सम्बोधन गरेर एक शपथपत्रमार्फत आफ्नो विवाहले कानूनी र सामाजिक मान्यता पाउने माग गरेका छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप