शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुरको पौराणिक पोखरीमा अस्पतालको फोहर थुप्रियो

बिहीबार, १२ साउन २०७४, २२ : ००
बिहीबार, १२ साउन २०७४

श्रीकान्त झा

जनकपुर– जनकपुर नगर क्षेत्र भित्रको एक स्वास्थ्य संस्थाले अस्पतालको फोहर पौराणिक पोखरीमा विसर्जन गर्नाले पोखरीको धार्मिक आस्थामा कमि आउनुको साथै महामारी फैलिने भन्दै स्थानीय चिन्तित भएका छन् ।   

जनकपुर उपनगरपालिका वडा नं ८ स्थित रहेको जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टरले अस्पतालजन्य फोहर पानी लगायत स्वास्थ्य संस्थाबाट निस्कने औषधिका खाली शिशी, सुई, रगतले लतपतिएका कपडा, कपास, औषधिका खोल र पञ्जा ढलनिकाससमेत आफनो अस्पताल छेउमा रहेको कपाल मोचनीसरको मुहानमै फाल्नाले उक्त पोखरीमा नुहाउने व्यक्तिलाई महामारी फैलिने सम्भावना देखिएको छ । 

वातावरण र मानव स्वास्थ्यमा गम्भीर असर पार्ने स्वास्थ्य संस्थाका फोहरको यथोचित व्यवस्थापनमा जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टरले हेलचक्रयार्इं गरेको पाइएको हो । अस्पतालले प्रयोगशालामा प्रयोग गरिएको सामग्री समेत पानीको मुहानमाथि छेवैमा मनपरी ढंगले फाल्ने गर्दछ ।  

अस्पतालका सञ्चालक सदस्य डा. सुरेन्द्र यादवले भने अस्पतालको  फोहर आफैले व्यवस्थापन गर्ने गरेको दाबी गर्छन् । फोहोर बाहिर लगेर जलाउने गरेको जिकिर गरे पनि सेन्टरको अगाडि नै फोहर छरपस्ट देखिएका छन् । महामारी फैलिने डरले उक्त पोखरीमा  नुहाउन धेरैले छाडेका छन  । कतिलाई त छाला सम्वन्धि रोग त कतिलाई अन्य अन्य रोग लागेपनि सम्वन्धित निकाय मौन भएर वसेको नाम नखोल्ने र्शातमा एक स्थानीयले गुनासो गरेको छ । 

जिल्ला प्रशासन कार्यलय धनुषका प्रमुख जिल्ला अधिकारी दीलिप चापागाईले यस्ता धार्मिक, ऐतिहासिक तथा पौराणिक महत्वको पोखरी लगायत अन्य सर्वजनिक स्थलमा फोहर फाल्ने  व्यक्ति होस वा संस्था दोषी ठहरिए कारबाही गरिने बताए ।  

फोहर व्यवस्थापनसम्बन्धी ऐन २०६८ र नियमावली २०६९ मा स्वास्थ्य सस्थाले आफैँ फोहरको उचित व्यवस्थापन गर्नुपर्ने उल्लेख छ । फोहोरमैला व्यवस्थापन ऐन ०६८ को परिच्छेद् ९ को दफा ३९ बमोजिम अस्पतालजन्य फोहोरको व्यवस्थापनमा हेलचेक्र्याइँ गर्नेलाई ३० हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था छ । 

फोहरमैला व्यवस्थापन ऐन, २०६८ को परिच्छेद ९ को दफा ३८ को खण्ड    (ञ) बमोजिम जनस्वास्थ्यमा प्रतिकुल असर पर्ने गरी सडक वा अन्य सार्वजनिक स्थानमा कुनै पनि किसिमको हानिकारक फोहोरमैला राख्ने, फाल्ने, थुपार्ने वा निष्काशन गर्नेलाई तीस हजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ भने सोही ऐनको दफा ३८ को खण्ड (ट),  (ठ) र (त) बमोजिम स्थानीय निकायले पचास हजार रुपैयैयादेखि एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ । 

त्यस्तै स्थानिय वुद्धिजिविहरुका अनुसार वातावरण र मानव स्वास्थ्यका लागि स्वास्थ्य संस्थाका फोहर घातक हुन्छ । स्वास्थ्य संस्थाबाट संक्रमणात्मक फोहर निस्कने हुँदा त्यसले थप खतरा रहेको वताउँछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप