शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नगरप्रमुख खोलामा पुग्दा बालुवा चोर भागभाग

बिहीबार, १२ साउन २०७४, २१ : ४६
बिहीबार, १२ साउन २०७४

तनहुँ– तनहुँको व्यास नगरपालिका वडा नम्बर १० क्यामिन कलेस्तीस्थित मादी नदीमा अवैधानिक रुपमा बालुवा उत्खनन् गरिरहेकाबेला नगरपालिकाका प्रमुख र प्रहरी टोली पुगेपछि ट्याक्टर चालकहरुमा भागदौड मच्चिएको छ । 

रातको समयमा नदीमा बालुवा निकालेको सुराकी पाएपछि नगरप्रमुख बैकुण्ठ न्यौपाने र प्रहरी घट्नास्थलमा पुग्दा ट्याक्टर चालकहरुको भागदौड मच्चिएको हो । 

मादी नदीमा वालुवा लोड गरिरहेका ७ ट्याक्टरमध्ये ५ वटा ट्याक्टरका चालक ट्याक्टर नै छाडेर भागेका थिए भने दुई वटा ट्याक्टर चालक सहित नियन्त्रणमा परेका छन् ।

प्राकृतिक स्रोत साधानको रुपमा रहेको ढुङ्गा, गिटी, बालुवाको टेण्डर असार मसान्तसम्म सकिने र साउनदेखि नयाँ टेण्डरले पाउनुपर्नेमा नदीमै जान नपाउने समयमा गएर अवैधानिक रुपमा बालुवा निकाल्न थालेपछि कडाई गर्न लागिएको नगरप्रमुख न्यौपानेले बताए । 

एक ट्याक्टर बालुवाको  ४ हजार रुपैयाँसम्ममा विक्री हुने भएपछि बालुवा चोरी गर्नेहरु बढ्दै गएका छन् ।

यता, जिल्ला प्रहरी कार्यालय तनहुँले भने ग १ त ४३५८ र ग १ त १८९८ नम्वरको दुई ट्याक्टरलाई जिल्ला समन्वय समितिमा पठाएको जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप