शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कमिशनको लोभमा विश्वविद्यालयले सम्बन्धन दिएको भन्दै आन्दोलनमा यसरी उत्रिए विद्यार्थी

बिहीबार, १२ साउन २०७४, २१ : ३७
बिहीबार, १२ साउन २०७४

आकाश तारा बयक

सुर्खेत –मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) ले विश्वविद्यालय अनुदान आयोगको निर्देशन विपरित निजी क्याम्पसहरुलाई सम्बन्धन दिने प्रक्रिया अघि बढाएको विरोधमा विद्यार्थीहरु आन्दोलित भएका छन् ।

विद्यार्थी संगठनको विरोध, अधिकांश सिनेट सदस्यहरुको असहमति हु“दाहु“दै विश्वविद्यालयले नियम मिचेर सम्बन्धन थालेको भन्दै विहीबार इन्जिनियरिङ संकायका विद्यार्थीहरु सडक प्रर्दशनमा उत्रेका हुन् । सम्बन्धन प्रक्रिया नरोकेसम्म आन्दोलन जारी रहने विद्यार्थीहरुले बताए ।  

एमयूले प्रादेशिक क्षेत्र भित्रका सामुदायिकको साटो निजी क्याम्पसलाई सम्बन्धन दिन थालेको भन्दै विरोध सुरु भएको हो । इन्जिनियरिङ र व्यवस्थापन संकाय अन्तर्गतका स्नातक तथा स्नातकोत्तर तहका कार्यक्रमहरु सञ्चालन गरेका इच्छुक क्याम्पसहरुबाट एमयूले आवेदन मागेको थियो ।  इन्जिनियरिङका विद्यार्थी सागर लम्सालले केन्द्रीय क्याम्पसलाई व्यवस्थित गराउनुको साटो कमिसनको लोभमा परेर विश्वविद्यालय प्रशासन सम्बन्धनको खेलमा लागेको आरोप लगाए ।

 विश्वविद्यालय अनुदान आयोगको निर्देशन लत्याउ“दै एयूले सम्बन्धन प्रक्रिया अघि बढाएको छ । आयोगले दुई पटक लिखित पत्राचार गर्दै विश्वविद्यालयलाई आफ्नो भौगोलिक क्षेत्रभन्दा बाहिर गई सम्बन्धन नदिन, अनुगमन तथा मुल्यांकन संयन्त्रको विकास नभई र, आफ्नो आंगिक क्याम्पसमा कार्यक्रम सञ्चालन नह“दै कुनै क्याम्पसलाई सम्बन्धन नदिन निर्देशन दिएको थियो ।

अनेरास्ववियूका मिलन वीसीले विश्वविद्यालयलले आफ्नै आंगिक क्याम्पसमा साधारण तथा प्राविधिक कार्यक्रम सञ्चालन नगर्दै अन्य क्याम्पसलाई सम्बन्धन दिनु रहस्यमय भएको बताए । ‘सम्बन्धनको  राजनीति बन्द नगरे आन्दोलन झन् सशक्त बन्छ’ उनले भने, केन्द्रीय क्याम्पसकै पढाइ गुणस्तरहीन छ । विश्वविद्यालय अनावश्यक काममा अल्झेको छ ।’ आफूहरुको जायज माग सुनुवाइ नभए कडा प्रतिरोधमा उत्रिने उनको चेतावनी थियो ।

यसैबीच, संयुक्त विद्यार्थी संगठनहरुले इन्जिनियरिङ संकायलाई इन्जिनियरिङ काउन्सिलमा दर्ता गर्नुपर्ने, विश्वविद्यालय सेवा आयोग सक्रिय बनाउनुपर्ने, विश्वविद्यालयका गाडीहरुमा लोगो राख्नुपर्ने लगायतका माग राख्दै आएका छन् । विश्वविद्यालयको लोगो नराखि“दा पदाधिकारीहरुले मनोमानी गाडी प्रयोग गर्ने गरेको गुनासो छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप