बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

गोविन्द केसीको अनसनप्रति राप्रपाको विद्यार्थी सङ्गठनको ऐक्यबद्धता

बिहीबार, १२ साउन २०७४, २१ : २५
बिहीबार, १२ साउन २०७४

काठमाडौं– राप्रपा निकट विद्यार्थी संगठन राप्रविसंघले प्रा.डा गोविन्द केसीको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ । 

संगठनका अध्यक्ष राजीव लामिछानेसहितका प्रतिनिधिहरु डा केसी अनसन बसेको अनसनस्थलमा पुगी सङ्गठनले ऐक्यबद्धता जनाएका हुन् । केसीलाई भेट्न विहीबार लामिछानेसहित उपाध्यक्षद्वय निराजन बम, श्याम यादव, महासचिव राज बस्नेत, कोषाध्यक्ष कुमारी स्याङ्तान, अर्जुन शाही, लक्ष्मण ढकाल लगायत केन्द्रीय सदस्यहरू पुगेका थिए ।

सङ्गठनले ऐक्यबद्धता जनाउँदै  चिकित्सा क्षेत्र र चिकित्सा  शिक्षाको विकास, गुणस्तरीय चिकित्सा सेवा,चिकित्सा क्षेत्रमा रहेको माफियातन्त्रको अन्त्य, चिकित्सा क्षेत्रमा समान पहुँच जस्ता डा केसीले उठाएका मुद्दा प्रत्यक्ष तथा परोक्ष रूपमा जनताको भाग्य र भविष्यसँग जोडिएको हुनाले केसीको आन्दोलनलाई सङ्गठनले निरन्तर साथ दिने महासचिव राज बस्नेतले बताए ।

सत्य र नैताकताको जित हुने भन्दै सङ्गठनले केसीले उठाएका चिकित्सा शिक्षा विधयेकलाई पनि यथासिघ्र संसदमा छलफलमा ल्याउन माग गरेको छ । साथै माउ पार्टी राप्रपालाई पनि यस विषयमा संसदमा कुरा उठाउन आग्रह गर्ने बताएको छ ।

आफ्नो स्वास्थ्यको प्रवाह नगरी सत्य, निष्ठा र नैतिकतालाई आन्दोलनको मार्ग बनाई सत्य एवम् न्यायको पक्षमा अविचलित रहेकोमा पनि राप्रविसंघले केसीप्रति आभार प्रकट गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप