सेयर बजार : नेप्से परिसूचक सँगै कारोबारमा गिरावट
काठमाडौं–साताको तेस्रो दिन मंगलबार सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसुचकसँगै कारोबार रकम पनि घटेको छ । नेप्से परिसुचक १.३६ अंकले घट्दा २२ करोड ८५ लाख ४३ हजार रुपैयाँको मात्र सेयर कारोबार भएको छ । समग्रमा बजार ०.११ प्रतिशतले घटेको हो ।
यस दिन कारोबारमा १५६ कम्पनी सामेल भए । निर्जिबन बिमा तर्फ ९.७२ अंकले बढेको छ भने लघुवित्त समुहतर्फ ३.२४ अंकले बढेको छ । यस्तै जीवन बिमा समुहतर्फ ०.६३ अंकले बढेको छ । बाँकी रहेका सबै समुहमा भने गिरावट आएको छ ।
होटल समुह ४.९१ अंकले घटेको छ भने जलविद्युत समुह ३.८६अंकले घटेको छ । यस्तै बैकि समुह २.१३ अंकले घटेको छ भने विकास बैंक समुह १.४५ अंकले घटेको छ ।
आज सबैभन्दा बढी नेपाल लाइफ इन्सुरेन्सको १ करोड २१ लख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दोस्रोमा एनसीसी बैंकको एक करोड ६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।