शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सेयर बजार : नेप्से परिसूचक सँगै कारोबारमा गिरावट

मङ्गलबार, १७ पुस २०७५, १६ : ०३
मङ्गलबार, १७ पुस २०७५

काठमाडौं–साताको तेस्रो दिन मंगलबार सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसुचकसँगै कारोबार रकम पनि घटेको छ । नेप्से परिसुचक १.३६ अंकले घट्दा २२ करोड ८५ लाख ४३ हजार रुपैयाँको मात्र सेयर कारोबार भएको छ ।  समग्रमा बजार ०.११ प्रतिशतले घटेको हो । 

यस दिन कारोबारमा १५६ कम्पनी सामेल भए । निर्जिबन बिमा तर्फ ९.७२ अंकले बढेको छ भने लघुवित्त समुहतर्फ ३.२४ अंकले बढेको छ । यस्तै जीवन बिमा समुहतर्फ ०.६३ अंकले बढेको छ । बाँकी रहेका सबै समुहमा भने गिरावट आएको छ । 

होटल समुह ४.९१ अंकले घटेको छ भने जलविद्युत समुह ३.८६अंकले घटेको छ ।  यस्तै बैकि समुह २.१३ अंकले घटेको छ भने विकास बैंक समुह १.४५ अंकले घटेको छ । 

आज सबैभन्दा बढी नेपाल लाइफ इन्सुरेन्सको १ करोड २१ लख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दोस्रोमा एनसीसी बैंकको एक करोड ६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप