बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं इन्जिनियरिङ कलेजमा झडप, स्ववियू सभापतिसहित ६ घाइते

बिहीबार, १२ साउन २०७४, २० : ४५
बिहीबार, १२ साउन २०७४

स्ववियू काउन्सिलमा आगजनी 

काठमाडौं– काठमाडौंको कालीमाटीस्थित काठमाडौं इन्जिनियरिङ क्याम्पसमा दुई विद्यार्थी संगठनबीच झडप भएको छ ।

स्ववियू सभापति एमाले अखिलका पूर्णबहादुर खड्काले हिसाबकिताब नबुझाएको भन्दै नेविसंघका विद्यार्थीहरुले आक्रमण गरेका हुन् । झडपमा परी स्ववियु सभापति खड्कासहित ६ जना घाइते भएका छन् । घाइते सबैको कलंकीस्थित शहीद मेमोरियल अस्पताल कलंकीमा उपचार भइरहेको छ । 

घाइते हुनेमा नारायण घर्तीमगर, मोती विक, अजित बोहरा, शिशिर विक, आकाश घर्ती, सुजन भट्टराई, शेखर बोहोरा, दिवाकर लोहन र अमित महर घाइते भएको सजिना रानामगरले जानकारी दिइन् । 

विहीबार एक्कासी आक्रमणमा उत्रिएका नेविसंघ निकट विद्यार्थीहरुले स्ववियु काउन्सिलमा आगजनी गरिदिएका छन् । स्ववियु सभापतिले हिसाब नबुझाएकाले आफ्नै निर्देशनमा आक्रमण गरेको नेविसंघका क्याम्पस इकाइ अध्यक्ष मुकेश सापकोटाले बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप