शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सिराहाको गोलबजारबाट ‘एसएमजी’ सहित १ जना पक्राउ

मङ्गलबार, १७ पुस २०७५, १३ : ००
मङ्गलबार, १७ पुस २०७५

काठमाडौं– सिराहाको गोलबजारबाट प्रहरीले अत्याधुनिक हतियार सर्ट मेशिन गन (एसएमजी) सहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिराहाको धनगढीमाई नगरपालिका–११ बस्ने चतुरनारायण चौधरी रहेको दुई नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख (डिआईजी) हरिबहादुर पालले रातोपाटीलाई जानकारी दिए ।

दुई नम्बर प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले चौधरीको साथबाट एकथान एसएमजी, ५ राउण्ड गोली र दुईओटा म्यागेजिन बरामद गरेको छ ।

केहि दिनअघि सिराहामा प्रेशरकुकर बम राखेर आतंक सिर्जना गर्ने कार्यमा संलग्न चौधरी जयकृष्ण गोईतको भुमिगत समुहबाट छुटेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

‘चतुरनारायण चौधरीले पछिल्लो समय गोईतको नामबाट चन्दा संकलन लगायतका कार्य गर्दैै आएको खुलेको छ’ डिआईजी पालले भने, ‘चौधरीको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सिराहाले थप अनुसन्धान गरिरहेको छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप