बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

चोलेन्द्रको जवाफ: आत्मा छोएर, बचनबद्ध भएर काम गर्छु

मङ्गलबार, १७ पुस २०७५, १२ : ५०
मङ्गलबार, १७ पुस २०७५

काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफूमाथि परेका उजुरी र सांसदहरुले गरेका प्रश्नको जवाफ दिएका छन् । 

मङ्गलबार बसेको संसदीय सुनुवाई समितिको बैठकमा राणाले संविधानको प्रस्तावनामा उल्लेख स्वतन्त्र न्यायापालिकाको भावनाअनुसार आफुले न्यायलय सुधारको कार्ययोजना निर्माण गरेर प्रस्तुत गरेको भन्दै न्यायलयबारे सञ्चारमाध्यमा धेरै गुनासा आएको, सेवाग्राहीको न्यायप्रतिको आस्था मर्न नदिने बताए । ‘आत्मा छोएर, बचनबद्ध भएर काम गर्नेर्छु’ राणाले भने, ‘अदालत सधै विधिशास्त्रीय मान्यता र कानुनी प्रकृयाअनुसार नै काम गरिरहेको छ । अब पनि गर्छ ।’

उनले सरकारले गर्ने विकासका काममा अदालतले कहिल्यै अवरोध नगर्ने प्रतिबद्धता जनाउँदै अबको न्यायलय गौरवमय न्यायलयका रुपमा हेर्न पाउने समेत दावी गरे ।

त्यसैगरी उनले वीरगञ्जको छपकैया पोखरी व्यक्तिकै नाममा रहेको र व्यक्तिले नै तिरो तिरेकाले आफुले फैसला गर्दा न्यायिक मान्यताअनुसार नै गरेको दावी गरे । त्यस्तै प्रेरणाले दाइजो पाएको जग्गा, जुवालाई बौद्धिक खेल भनेर गरेको फैसलालगायतमा पनि राणाले बचाउ गरे । 

उनले न्यायालय सुधारेरै छोड्ने दाबी गर्दै आफ्नो अनुहारमा आफैले कोपरेर नचिनिने गरी नजाने प्रतिबद्धतासमेत जनाए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप