शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

फलोअपः लिखु गाउँपालिका अध्यक्षलाई तीन दिने अल्टिमेटम

बिहीबार, १२ साउन २०७४, २० : २४
बिहीबार, १२ साउन २०७४

काठमाडौं– काठमाडौंको शंखरापुर नगरपालिकाले रामेछापको लिखु गाँउपालिका अध्यक्ष गोविन्दबहादुर खड्कालाई नदीमाथि बनाएको ४ रोपनी जग्गा हटाई नदी खुला गर्न तीन दिने अल्टिमेटम दिएको छ । 

शंखरापुर नगरपालिकामा रहेको नाई खोला अतिक्रमण गरेर जग्गा प्लटिङ गरेको भन्दै बिहीबार बसेको नगर कार्यपालिकाको बैठकले सो निर्णय गरेको वडा नं ६ का वडाध्यक्ष राधाकृष्ण श्रेष्ठले जानकारी दिए । 

आइतबारसम्म जग्गाधनी समेत रहेका लिखु गाँउपालिका अध्यक्ष खड्काले खोला खुला नगरे सोमबार नगरपालिका आफैले खोलाको जग्गा खुलाउने समेत निर्णय गरेको छ । साथै खोला अतिक्रमण गरेको भन्दै काठमाडौं उपत्यका विकास प्राधिकरणले समेत जग्गा खरिद बिक्रीमा रोक लगाएको छ । खड्काको खोलाको दायाँबायाँ जग्गा रहेको कारणबीचमा पर्ने खोलामा ह्युमपाइप राखी खोलामाथि ४ रोपनी जग्गा खडा गरेको नगरपालिकाका जनप्रतिनिधिको भनाई छ । 

गाउँपालिका अध्यक्ष खड्का भन्छन्ः वडा अध्यक्षविरुद्ध सर्वोच्चमा रिट हाल्छु

यसबारेमा रामेछापको लिखु गाँउपालिका अध्यक्ष खड्कासँग प्रतिक्रिया लिँदा उनले नियमपूर्वक नगरविकासको स्वीकृतिअनुसार जग्गा प्लटिङ गरेको बताए । उनले दाँयाबाँया आफ्नो जग्गा भएका कारणबीचको खोलामा ४५ लाख खर्च गरेर ह्युमपाइप हालेको बताउँदै खोला आफ्नो नाममा दर्ता नभएको बताए ।

नगर विकासको अनुमतिमा आफूले खोलामा ह्युम पाइप हालेको बताउँदै उनले अहिलेको समयमा कुनै निकायले पनि खोला ब्यक्तिको नाममा दर्ता गर्न नसक्ने बताए । 

जग्गा बिक्री गर्न वडा अध्यक्ष श्रेष्ठले सिफारिस नदिई पदको दुरुपयोग गरेको भन्दै अध्यक्ष खड्काले न्यायका लागि आफू सर्वोच्च अदालत जाने बताए । आफूलाई शंखरापुरका जनप्रतिनिधिले यो नेवार बस्ति हो, यहाँ नआइज भनेर धम्काएको बताउँदै उनले नगर प्रमुख सुवर्ण श्रेष्ठ र वडा अध्यक्ष राधाकृष्ण श्रेष्ठले आफ्नो जग्गा बिक्री बितरणमा अवरोध गरेको उनको भनाई छ । 

यो पनि पढ्नुस्ः

स्थानीय जनप्रतिनिधिको धन्दाः खोलामाथि जग्गा ‘प्लटिङ’  !
                               

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप