शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पोर्चुगल पठाइदिन्छु भनी नक्कली भिसामा इराक पठाउने ‘दलाल’ समातिए

बिहीबार, १२ साउन २०७४, २० : ०२
बिहीबार, १२ साउन २०७४

काठमाडौं– पोर्चुगल पठाइदिन्छु भनी नक्कली भिसामा इराक पठाएका एक ‘दलाल’लाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१३ धापासी बस्ने टोखा नगरपालिका–११ गोंगबुस्थित गामा ट्राभल्स एण्ड टुर्सका सञ्चालक रोल्पा, सुनछहारी गाउँपालिका–२ का ३२ वर्षीय जयप्रकाश वुढामगरलाई प्रहरीले नयाँ बसपार्कबाट पक्राउ गरेको हो । 

मासिक ८० हजार रुपैयाँ हुन्छ भनी पोर्चुगल पठाइदिने भनी विभिन्न प्रलोभनमा पारी विश्वास दिलाई १२ लाख रुपैँया रकम ठगी गरेको उजुरीका आधारमा प्रहरीले बुढामगरलाई पक्राउ गरेको हो ।

१२ लाख रुपैयाँ ठगी गरी दुवईमा २ महिना ३ दिनसम्म राखेर दुवईबाट इराक पठाएको र इराकको एयरपोर्टमा नक्कली भिषा हो भनि आफूलाई पक्राउ गरी नेपाल फिर्ता पठाएको र पुनः दक्षिण अफ्रिका पठाउँछु भनि विभिन्न बाहाना र आलटाल गरी ठगी गरेको भन्ने पीडितको उजुरीको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले मगरलाई पक्राउ गरेको जनाएको छ । 

पक्राउ परेका बुढामगरलाई ठगी मुद्दामा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि महाशाखाले बिहीबार महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको छ । साथै अभियुक्त मगरले अन्य व्यक्तिहरुलाई समेत ठगी गरेको हुन सक्ने विषयमा अनुसन्धान कार्य जारी रहेको उक्त महाशाखाले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप