बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

तपाईँको आजको राशिफल यस्तो छ

मङ्गलबार, १७ पुस २०७५, ०६ : २९
मङ्गलबार, १७ पुस २०७५

वि.सं. २०७५ साल पौष १७ गते । मङ्गलबार । ईश्वी सन् २०१९ जनवरी ०१ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४० । पौष कृष्ण पक्ष । तिथि एकादशी,  ५२ घडी ०९ पला,  रातको ०३ बजेर ४८ मिनेट उप्रान्त द्वादशी । नक्षत्र स्वाती,  १२ घडी ३५ पला,  बिहान ११ बजेर ५८ मिनेट उप्रान्त विशाखा । योग सुकर्मा,  ०१ घडी ०३ पला,  बिहान ०७ बजेर २२ मिनेट उप्रान्त धृति । करण वव,  बेलुकी ०४ बजेर ०४ मिनेट उप्रान्त बालव,  रातको ०३ बजेर ४८ मिनेट उप्रान्त कौलव । आनन्दादिमा ध्वज योग । चन्द्रराशि तुला । सन् २०१९ प्रारम्भ । सफला एकादशी व्रत । 

काठमाडौंमा सूर्याेदय ०६ बजेर ५६ मिनेट,  सूर्यास्त बेलुकी ०५ बजेर १८ मिनेट । दिनमान २५ घडी ५५ पला । 

मेष (चू,  चे,  चो,  ला,  लि,  लू,  ले,  लो,  अ)  प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ भने दाम्पत्य जीवन सुखी रहनेछ । विभिन्न भौतिक वस्तु तथा विलाशी सामानको प्रयोगमार्फत अरूको मन आफूतिर आकर्षित गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले अग्र स्थानमा तपाईंको नाम आउनेछ । व्यापार व्यावसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ भने लामो दूरीको व्यावसायिक यात्रा हुनेछ ।  पढाइ लेखाइमा मन जाने हुनाले नतिजा हात पार्न सकिनेछ । 

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)  व्यापार व्यावसायमा लगानी गरी आर्थिक स्थिति उकास्न सकिनेछ । कुनै पनि क्षेत्रमा आउने प्रतिस्पर्धीहरूलाई हराउँदै अगाडि बढ्न सकिनेछ भने सत्रुहरूलाई परास्त हुने तथा न्यायिक निर्णयहरू तपाईंकै पक्षमा आउँनेछन् । पढाइमा देखिएको कमजोरी सुधार्दै नतिजा आफैतिर ल्याउन सकिनेछ । आत्मीय मित्र तथा मन मिल्ने साथी फेला पार्न सकिनेछ भने माया प्रेममा प्रशस्त समय रमाउन सकिनेछ । 

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)  व्यापार व्यावसायमा सन्तोषजनक फाइदा हुनेछ । विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन अलि बढी नै सङ्घर्ष गर्नुपर्नेछ । माया प्रेममा धोका हुन सक्छ भने एकोहोरो माया प्रेमले सताउनेछ । सन्तान तथा छोराछोरीबाट तपाईंको काममा सहयोग हुनेछैन । बौद्धिक कार्यमा सहभागी भई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्राप्त हुनेछ भने सोचेजस्तो पारिश्रमिक नपाउँदा मन खिन्न हुनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्यसम्बन्धी समस्या आउने तथा औषधि उपचार खर्च बढ्नेछ ।
     
कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो) पढाइ लेखाइमा मन नजाँदा पुरस्कार तथा प्रशंसा पत्र अरूकै हातमा जानेछ । घरपरिवार तथा आमासँग टाढिएर परदेशको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । माया प्रेममा नचाहँदा नचाहँदै छुट्टिनुपर्दा मनमा नरमाइलो महशुस हुनेछ । राजनीति तथा समाज सेवामा जनतसँग सन्तुलिन व्यावहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा कमी हुनेछ । कृषि तथा सहकारी व्यावसायबाट मनग्गे लाभ लिन सकिने योग रहेको छ । 

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)  दाजुभाइ तथा छिमेकीबाट सहयोग तथा उपाहार प्राप्तिको योग रहेको छ । आफन्त तथा मन पर्ने साथीका साथ छोटो, रमाइलो तथा अर्थपूर्ण यात्रा हुने हुनालेमन प्रशन्न रहनेछ । न्यायिक निर्णयहरू तपाईंकै पक्षमा हुनेछन् भने सत्रु परास्त हुनेछन् । खोज तथा अनुुसन्धानको क्षेत्रबाट सकारात्मक नतिजा निस्कने हुनाले अध्ययन अध्यापनमा मन जानेछ । आफूलाई मन पर्ने भौतिक सम्पत्ति जोड्न पाउँदा मन हर्सित हुनेछ ।
    
कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)  आफन्त तथा कुटुम्बसँगको सम्बन्ध सुमधुर भएर जानेछ । सामाजिक सभा समारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ भने बोलीको प्रभाव बढ्ने तथा महत्त्वपूर्ण कामहरू आज नै फत्ते गर्नु उचित हुनेछ । पढाइ लेखाइमा राम्रै प्रगति भएर जानेछ । व्यापार व्यावसायबाट मनग्गे आम्दानी हुनेछ भने मनग्गे धन सम्पत्ति हात लाग्ने योग रहेको छ । माया प्रेममा विश्वासको वातावरण बढ्नेछ । 

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)  राम्रा तथा सामाजिक काम गरी अरूको मन आफूतिर आकर्षित गर्न सकिनेछ । सानो प्रयत्नले ठूलो काम बन्ने हुँदा आर्थिक रूपमा सबल होइनेछ । थोरै स्रोत साधन प्रयोग गरी असीमित आवश्यकता पूरा गर्न सकिनेछ । प्रेम प्रसङ्मा रमाउँन चाहनेका लागि दिनले साथ दिने हुँदा मीठा–मीठा कुरा गरी समय व्यातित गर्न सकिनेछ । पढाइमा प्रगति हुने तथा नतिजा आफ्नै पोल्टोमा पर्नेछ ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)   आत्मीय मित्र तथा सहयोगीको सहयोग नपाउँदा थालेका काम बीचमा छोड्नुपर्ने हुन सक्छ । व्यापार व्यावसायमा समय दिन सकिने छैन भने सोचे जस्तो आम्दानी नहुँदा दैनिक खर्च जुटाउन मुस्किल पर्नेछ । समय प्रतिकूल बन्नेछ भने यहि बेलामा आय आम्दानिका बाटाहरू साँघुरा हुनेछन् । लामो दुरिको विदेश यात्राको प्रशस्त सम्भावना रहेकोछ भने विदेशमा बसेर काम गर्नेहरूले मनग्गे धन आर्जन गर्न सक्नेछन् । प्रेम प्रसङ्गमा चिसोपनले जरा गाड्नेछ ख्याल गर्नुहोला ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)  सरकारी तथा पैत्रिक धन सम्पत्ति हातलागी हुने सम्भावना रहेको छ भने व्यापार व्यावसायमा लगानी गरी आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । पढाइ लेखाइमा सुधार हुने हुनाले अरूभन्दा अगाडि बढ्न सकिनेछ । इच्छा आकाङ्क्षा तथा मनोकामना पूरा हुने समय रहेको छ । दाजुभाइ तथा आफन्तबाट भनेजस्तो सहयोग हुने हुनाले दैनिकी सहज मार्गमा अगाडि बढ्नेछ । सवारी साधन तथा अन्य सम्पत्तिहरू लाभ हुने योग रहेको छ । 

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी) ःप्रतिस्पर्धीहरू परास्त हुनेछन् भने नयाँ काम पाउने तथा नोकरीमा बुढुवा हुने योग रहेको छ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने पछिसम्म आम्दानी भइरहने व्यावसायमा लगानी गरी रोजगारीको अवसरहरू सिर्जना गर्न सकिनेछ । अध्ययनमा विजय हुने योग रहेको छ भने अन्य साथीहरूलाई किनारा लगाउँदै पुरस्कार हात पार्न सकिनेछ । राजनीति तथा समाज सेवामा समय दिनेहरूले पद पाउने समय रहेको छ । 

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा) दैनिका काम गर्दा ध्यान दिनुहोला, अप्रिय निर्णयको शिकार हुने योग रहेको छ । लामो दूरीको धार्मिक यात्रा भए पनि यात्राका क्रममा विभिन्न बाधा तथा अवरोधहरूको सामना गर्नुपर्दा मन खिन्न हुनेछ । पढाइ लेखाइमा दिइएको समय बालुवामा पानी सरह हुनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यसम्बन्धी समस्या आई दैनिक काम गर्न सकिने छैन । घरपरिवार तथा आफन्त बीच मनमुुटाव बढ्ने योग छ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)  नचाहँदा नचाहँदा नराम्रो परिस्थितिको सामना गर्नुपर्नेछ भने अप्रिय घटनाको सामना गर्नुपर्नेछ । व्यापारमा समय दिए पनि आम्दानी न्यून हुने हुँदा आवश्यकता टार्न मुस्किल पर्नेछ । पढाइमा मन नजाने तथा अरूकै पोल्टोमा नतिजा पर्नेछ । प्रेममा धोका हुने तथा घरपरिवार तथा  आफन्तसँग सामान्य कुरामा नै ठूलो विवाद हुनेछ । सामान्य स्वास्थ्यसम्बन्धी समस्या आउने तथा बेवास्ता गर्दा ठूलो रोग लाग्न सक्छ सचेत रहनुहोला ।


तपाईको दिन शुभ रहोस् ।         
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप