सन् १०१८ मा युएईमा १०७ नेपालीको मृत्यु
युएई –सन् २०१८ मा वैदेशिक रोजगारीको सिलसिलमा संयुक्त अरब इमिरेट्स (युएई) आएका १०७ जना नेपालीको मृत्यु भएको छ। गत वर्षको तुलनामा यो बर्ष धेरै नेपालीले ज्यान गुमाएका हुन्।
नेपाली दुताबास युएईले सार्वजनिक गरेको तथ्याङ्क अनुसार एक वर्षमा ९ महिला ९८ पुरूष गरि १०७ जनाको मृत्यु भएको जनाएको छ।
जसमध्ये प्राकृतिक कारण अन्तरगत ह्दयघात, मष्तिस्क पक्षघात तथा मदिरापानले तीन महिला सहित ४४ पुरूषको मृत्यु भएको छ। यस्तै तीन महिला र तीस पुरूषले आत्महत्या गरेको जनाईएको छ भने २ महिला र २१ पुरूषको दुर्घटनाबाट मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ।
कानुनी प्रकृया पुरा भइ नसकेकाले सूर्य विक, अमृत बहादुर कार्की, सृजना बराल र अशोक बरालको शब बाहेक अन्य १०३ शब नेपाल पठाइसकेको दुताबासले जनाएको छ।
अघिल्लो वर्षको अनुपातमा यो वर्ष आत्महत्या लगायत अन्य प्रकारको मृत्युदर बढेको दूताबासका द्धितिय सचिव बिष्णु अधिकारीले बताइन्।
सन् २०१७ मा युएईमा ८४ जना नेपालीले ज्यान गुमाएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा