शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बुढानिलकण्ठबाट चोरीको मोटरसाईकलसहित २ जना पक्राउ

सोमबार, १६ पुस २०७५, १७ : ५३
सोमबार, १६ पुस २०७५

काठमाडौं– काठमाडौं प्रहरीले मोटरसाईकल चोरीको अभियोगमा २ जनालाई नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरी टोलीले सोमबार बिहान चोरीको बा ९३प १३९४ नम्बरको मोटरसाइकलसहित २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा उदयपुर घर भई चक्रपथ चुनदेवी बस्ने २३ बर्षीय राज कुमार खत्री र खोटाङ घर भई चक्रपथ चुनदेवी बस्ने १५ बर्षीय मिलन खड्का रहेका छन् । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप