शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हुकिङ गरेर विद्युत चोरी गर्ने १६ जना पक्राउ

बिहीबार, १२ साउन २०७४, १९ : ४०
बिहीबार, १२ साउन २०७४

सप्तरी (कञ्चनपुर) – हुकिङ गरेर विद्युत चोरी गरिरहेको आरोपमा १६ जना पक्राउ परेका छन् । नेपाल विद्युत प्राधिकरण र जिल्ला प्रहरी कार्यालय सप्तरीको संयुक्त टोलीले गरेको अनुगमनका क्रममा उनीहरुलाई सप्तरीका विभिन्न स्थानबाट आज पक्राउ गरेको हो 

पक्राउ पर्नेमा सप्तरी वीरपुर–४ का शमिम मिया, बच्चु अन्सारी, मोहमद नजबुल, नेवी मिया, पसेरा–३ का इन्द्रनारायण चौधरी, ७ का सकलदेव ठाकुर, विन्देश्वर मण्डल, कल्याणपुर–७ का मोहमद पखेज, कृष्ण मण्डल, श्यामकुमार राम, गोरदाहा–९ का चन्देश्वर राम, लालापट्टि–१ का रामकुमार राम, सन्तोष राम, वुधेश्वर राम, कडोरवना–४ का वरकैत मिया र प्रवाहा ४ का नारायण यादव रहेका छन् ।

उनीहरुलाई विद्युत चोरी नियन्त्रण ऐनअन्तर्गत कारबाही हुने जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप