शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कपुरधाराबाट कटुवा पेस्तोल र गोलीसहित एकजना पक्राउ

सोमबार, १६ पुस २०७५, १६ : १६
सोमबार, १६ पुस २०७५

काठमाडौं– काठमाडौं महानगरपालिका–२६ कपुरधाराबाट एकथान कटुवा पेस्तोल र दुई राउण्ड गोलीसहित एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कालिकोटको रासकोट नगरपालिका–२ स्थायी घर भएका भोजराज खड्का रहेको महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) धिरजप्रताप सिंहले जानकारी दिए ।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले आईतबार खड्कालाई नियन्त्रणमा लिएको हो । खड्कालाई नियन्त्रणपछि उनको कोठा खानतलासी गर्दा एक थान हतियार र दुई राउण्ड गोली फेला परेको बताइएको छ ।

घट्नाबारे थप अनुसन्धान भईरहेको अपराध महाशाखाले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप