शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बाहिरैबाट प्याकिङ आउँछः बारा, स्यान्डवीच र उसिनेको मकै

बिहीबार, १२ साउन २०७४, १९ : १५
बिहीबार, १२ साउन २०७४

काठमाडौं– तपाईले आज के खाजा खानुभयो ? खाजा खानेहरुले आफूले खाएको खाजा सम्झनुभयो होला ।  खाजा खानु हाम्रो दैनिक कार्य हो । खाजा खाने कुरा ठूलो विषय पनि होइन । तर मन्त्री, प्रधानमन्त्री लगायतका ‘भीआईपी’ ब्यक्तिहरुले कस्तो खाजा खान्छन् भन्ने तपाईँलाई एउटा कौतुहलता लाग्न सक्छ ।   

विहीबार दिँउसो साढे ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा  मन्त्रिपरिषदको बैठक बसेको थियो । उक्त बैठकमा मन्त्रीहरुले के खाजा खाए ? उनीहरुको लागि कस्तो खाजाको व्यवस्था गरियो ? त्यो जानकारी दिँदैछौं ।

बुधबार मन्त्रिपरिषद बिस्तार भएपछि विहीबार मन्त्रिपरिषदको बैठक बसेको थियो । मन्त्रिपरिषदको बैठककाबेला मन्त्रीहरुलाई खाजाको पनि व्यवस्था गरिन्छ । तर त्यो खाजा कार्यालयका कुनै कर्मचारीले भने बनाउँदैनन् । मन्त्रीहरुका लागि बाहिरबाट नै प्याकिङ्को खाजा ल्याउने गरिन्छ ।

यस्तो थियो खाजा 

मन्त्रिपरिषदको बैठकका लागि विहीबार ३६ प्याकेट खाजा ल्याइएको थियो । खाजा ‘भेज आइटम’ अर्थात शाकाहारी थियो । यसअघिदेखि नै मन्त्रिपरिषदको बैठकका लागि माछा मासु नभएको खाजा ल्याउने गरिएको थियो । साथै, खाजामा चिल्लो, पीरो र नुनिलोको मात्रा पनि अत्यन्तै कम गरिन्छ । मन्त्रीहरुमा सुगर बढ्ने लगयातका समस्याका कारण खाजामा चिल्लो, पिरो, नुनिलो तथा मसला प्रयोगमा ध्यान दिने गरिएको छ । 
 

विहीबार मन्त्रीहरुको खाजामा बारा, स्यान्डवीच र उसिनेको मकै लगायत साकाहारी खाजा थियो । मन्त्रीहरुलाई खुवाइने मकै भने भाटभटेनी सुपरमार्केटबाट खरिद गरिने गरेको छ । 

विहीबार मन्त्रीहरुको खाजामा बारा, स्यान्डवीच र उसिनेको मकै लगायत साकाहारी खाजा थियो । मन्त्रीहरुलाई खुवाइने मकै भने भाटभटेनी सुपरमार्केटबाट खरिद गरिने गरेको छ । 

मन्त्रिपरिषद बैठककाबेला खुवाउने खाजाका लागि निजी कम्पनीलाई ठेक्का नै दिइएको छ । उक्त कम्पनीले अर्डरअनुसारको खाजा निर्धारित समयमा पु¥याउने गर्दछ ।

प्रायः मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्ने गर्छ । कहिलेकाहीँ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पनि बैठक बस्ने गर्दछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप