केन्द्रीय संस्करण

प्रहरीलाई १५०० घुस दिने पक्राउ

person explore access_timeपुस १६, २०७५ chat_bubble_outline0

काठमाडौं–महानगरीय प्रहरी प्रभाग नागढुंगाले डिउटीमा रहेको प्रहरीलाई घुस दिन खोज्नेलाई पक्राउ गरेको छ ।

प्रहरीले बुटवलबाट काठमाण्डौ आउँदै गरेको लु १ख ९४६९ नम्ब्र को यात्रुवाहक बसका सहचालक रुपन्देही बुटवल नगरपालिका २ घर भएको २८ वर्षीय राम बहादुर सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ । 

उनले  डिउटीमा रहेका प्रहरीलाई चेकजाँचको क्रममा नगद रु। १५०० घुस दिन खोज्दा उनलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

captcha