शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

१५ हजार घुस खाँदा अख्तियारको फन्दामा यसरी फसे कार्यलय प्रमुख सुवेदी

बिहीबार, १२ साउन २०७४, १९ : ०४
बिहीबार, १२ साउन २०७४

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु १५ हजार घुस लिएको आरोपमा डिभिजन सहकारी कार्यालय सिरहाका प्रमुख रामप्रसाद सुवेदी र कार्यालय सहयोगी अवतार बस्नेतलाई आज पक्राउ गरेको छ । 

योग्य महिला कृषि सहकारी संस्था दर्ता गर्न पुगेका सेवाग्राहीसँग घुस रकम माग गरेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले तिनलाई पक्राउ गरेको हो । 


कार्यालय प्रमुख सुवेदीको निवासबाट घुस रकम सहित पक्राउ गरी थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता जीवराज कोइरालाले जानकारी दिए।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप