शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आधा दर्जन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन,  कसले कति दिँदैछन् ?

सोमबार, १६ पुस २०७५, १२ : ०८
सोमबार, १६ पुस २०७५

आधा दर्जन कम्पनीको लगानीकर्ता बनेर लाभांश लिन चाहनुहुन्छ भने आजसम्म (सोमबार) सेयर खरिद गरेर लाभांश लिन पाइनेछ ।   

सिटिजन्स बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंक, महिला सहयात्रा माइक्रोफाइनान्स, समिट माइक्रोफाइनान्स, हाइड्रो इलेक्ट्रीसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी रहेका छन् । गत आर्थिक वर्षको  (२०७४÷०७५) कमाइबाट यी कम्पनीहरुले लाभांश दिँदैछन् । 

यी कम्पनीको लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम दिन हो । यसकारण लगानीकर्ताले सोमबारसम्म सेयर खरिद गरेर यी कम्पनीले दिने लाभांश लिन सक्नेछन् ।

लाभांश पारित गर्न कम्पनीहरुले साधारण सभा बोलाएका छन् । सिटिजन्सले पुस ३० गते साधारणसभा गर्दैछ । जसअनुसार ३.६२८ प्रतिशत बोनस सेयर र १.६३५ प्रतिशत नगद लाभांश पारित गराउँदै छ । आइतबार (पुस १५) यसको सेयर २२१ रुपैयाँ प्रतिकित्तामा कारोबार भएको थियो । 

यता सांग्रिला डेभलपमेन्ट बैंकले पनि पुस ३० गतेलाई साधारणसभा बोलाएको छ । यसले चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र ५.४५ प्रतिशत नगद लाभांश पारित गराउँदैछ । यसको १४३ रुपैयाँ प्रतिकित्तामा आइतबार सेयर कारोबार भएको थियो । 

नेपाल कम्यूनीटि डेभलपमेन्ट बैंकले चुक्तापुँजीको ६.४३ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव साधारणसभाबाट पारित गराउँदैछ । यसको १२७ रुपैयाँ प्रतिकित्तामा सेयर कारोबार भएको थियो । 

यसैगरी महिला सहयात्राले माइक्रोफाइनान्सले गत आर्थिक वर्षको नाफाबाट ८ प्रतिशत नगद लाभांश वित्तरण गर्ने प्रस्ताव लैजादै छ । यसको माघ ५ गते साधारण सभा छ ।  यसको ५ सय २८ रुपैयाँ प्रतिकित्तामा सेयर कारोबार भएको थियो । 

यस्तै समिट माइक्रोफाइनान्सले गत आर्थिक वर्षको नाफाबाट २३.५३ प्रतिशत बोनस र १.२४ प्रतिशत नगद लाभांश पारित गराउँदैछ । यसको साधारणसभा पुस २७ गते छ । यसको ९१२ रुपैयाँ प्रतिकित्तामा सेयर कारोबार भएको थियो । 

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्ट एण्ड डेभलपमेन्ट कम्पनीले सेयरधनीलाई चुक्ता पुँजीको १० प्रतिशत बोनस र कर प्रयोजनका लागि २ करोड १० लाख रुपैयाँ नगद लाभांश वित्तरण गर्दैछ । यसको १७० रुपैयाँ प्रतिकित्तामा सेयर कारोबार भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप