केन्द्रीय संस्करण

१६० केजी चरेससहित एकजना पक्राउ

person explore access_timeपुस १६, २०७५ chat_bubble_outline0

वीरगंज–जिल्ला प्रहरी कार्यालय पर्साले १६० केजी लागुऔषध चरेससहित १ जनालाई पक्राउ गरेको छ ।

मकवानपुरको मनहरीबाट ना.४ ख.२९८५ नं.को ट्रकमा लुकाई छिपाइ वीरगंजतर्फ लैजादै गरेको सुचनापछि खटिएको प्रहरी टोलीले वीरगंग महानगरापालिका वडा नं.३१ बेल्वास्थित परवानीपुर –मलनचोक सड्क खण्डबाट उक्त चरेस बरामद गरेको हो ।

ट्रकको बडि र क्याविनको बिच भागमा फल्स बटम बनाएर ल्याउँदै गरेको अबस्थामा चरेससहित १ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक रेवती ढकालले जानकारी दिए । 

लागुऔषध चरेससहित ना.४ ख.२९८५ नं.को ट्रकका चालक जिल्ला मकवानपुर, हेटौडा उ.म.न.पा.वडा नं.१२ पदमपोखरी बस्ने २९ बर्षका सागर वललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

captcha