बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जति नै आर्कषक भए पनि कहिल्यै घरमा नल्याउनुस् यी ३ तस्बिर

सोमबार, १६ पुस २०७५, १० : १८
सोमबार, १६ पुस २०७५

एजेन्सी – घरको साज–सज्जामा धेरै जना सौखिन हुन्छन् । अझ घरका विभिन्न कोठामा विभिन्न तरिकाबाट सजाउनु मानिसको सौख नै हुन्छ । जसमा मानिसहरु ठूला–ठूला तस्बिर तथा चित्रकला ल्याएर राख्ने गर्छन् । तर सबै तस्बिर घर वा कोठमा सजाउन योग्य नहुन पनि सक्छन् । कुनै – कुनै तस्बिरले मानिसमा सकारात्मक उर्जा पैदा गराउँछ भने कुनै तस्बिरले जीवनका हरेका मोडमा नकारात्मक प्रभाव पार्छ । 

 वास्तु शास्त्रको अनुसार बजारमा भेटिने हरेक सुन्दर तस्बिरले घर सुन्दर बनाउन हुँदैन । जसमा यस्ता केही तस्बिर पर्छन् जसले घरमा अशुभ गराउँछ । 

१. यदि कुनै तस्बिरमा पानी बगिरहेको, छागा (छहरा) लहराइरहेको हुन्छ भने त्यस्ता तस्बिर घरमा नल्याउँनुनै उत्तम हुन्छ । किनकी वास्तु शास्त्रको अनुसार जसरी पानी बगिरहेको हुन्छ घरमा रहेको पैसा पनि विना कारण खर्च भइरहने हुन्छ । 

२. डुबिरहेको वा डगमगाइरहेको डुङ्गाको तस्बिर घरमा राख्नुहुँदैन । किनकी हरेक दिन यस्तो तस्बिर हेर्दा मानिसमा गहिरो असर पर्छ । जसले भाग्यमा बाधा पुग्ने बताइन्छ । 

३. बजारमा केहि यस्ता तस्बिर भेटिन्छन् जसमा महाभारत युद्धको दृश्य कैद भएको हुन्छ । उक्त तस्बिर पनि घरमा राख्न नहुने वास्तु शास्त्रमा उल्लेख छ । यदि यस्ता तस्बिर राखेको खण्डमा व्यक्ति आक्रामक हुने र रिसालु हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप