शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

घुस लिएको अभियोगमा इञ्जिनीयर पक्राउ

आइतबार, १५ पुस २०७५, २३ : ३५
आइतबार, १५ पुस २०७५

काठमाडौँ-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुद्धोधन गाउँपालिकामा प्राविधिक शाखाका कार्यरत इञ्जिनीयर कपिल आचार्य र सवइञ्जिनीयर लक्ष्मण ढुङ्गानालाई सेवाग्राहीसँग घुस लिएको अभियोगमा पक्राउ गरेको छ । 

सेवाग्राहीको पुरानो भवनको नक्सा पास गरिदिने र अभिलेखीकरण गरिदिने भन्दै उहाँहरुले रु ८० हजार घुस लिएको आयोगको दाबी छ । 

आयोगले उहाँहरुलाई सोही गाउँपालिका–४ बाट यही पुस १३ गते नियन्त्रणमा लिइएको भए पनि आवश्यक छानबिन पछि आज मात्रै सार्वजनिक गरिएको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए। 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप