शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यी राशी भएका युवतीमा हुन्छ गज्जबको आकर्षण शक्ति, जोसुकैलाई तान्न सक्छन् आफूतर्फ

बिहीबार, १२ साउन २०७४, १७ : ५२
बिहीबार, १२ साउन २०७४

 हुन त पुरुषहरु महिलाको सुन्दरताका कारण नै आकर्षित हुने बताइन्छ । तर ज्योतिषलाई विश्वास गर्ने हो भने केही राशी भएका युवतीहरु आफ्नो सुन्दरता बिना नै कसैलाई रुझाउन सक्षम हुन्छन् । १२ राशीमध्ये चार राशी भएका युवतीहरुमा मात्र यस्तो प्रभाव हुन्छ जसले जुनसुकै पुरुषलाई उनीहरुतर्फ आकर्षित गर्न सक्छन् ।

मिथुन राशी भएका युवतीहरुको तुलना अप्सरासँग गरिन्छ । जसले जोसुकैलाई आकर्षित गर्न सक्छन् । सुन्दरताबाहेक यी राशी भएका युवतीमा यस्ता थुप्रै गुण हुन्छ जसले पुरुषलाई आकर्षित गर्छन् । उनीहसँग धेरै उमेरसम्म जवान देखिने क्षमता पनि हुन्छ ।

वृष राशी भएका युवतीहरुको गन्ती सुन्दर देवीसँग हुन्छ । उनीहरुसँग अरु व्यक्तिमाथि आफ्नो अधिकार जमाउने गुण हुन्छ । साथै उनीहरुको कुरा पुरुषहरु निकै सजिलै मान्ने र पूरा गर्ने गर्दछन् ।

वृश्चिक राशी भएका युवतीहरुसँग कसैलाई पनि आकर्षित गर्ने शक्ति हुन्छ । उनीहरुको अनुहार र आँखामा एक प्रकारको सम्मोहन हुन्छ त्यसकारण जसले पनि उनीहरुलाई हेर्छन् उनीहरु मोहित हुन्छन् ।

मीन राशी भएका युवतीहरु रोमान्टिक हुन्छन् । पुरुषहरु उनीहरुको प्रेममा निकै सजिलै पर्ने गर्दछन् । उनीहरु आफ्नो मिठो कुराले चाँडै नै पुरुषलाई आकर्षित गरिहाल्छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप