शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

लोडसेडिङ नहुने उर्जामन्त्रीको घोषणा

बिहीबार, १२ साउन २०७४, १७ : ४९
बिहीबार, १२ साउन २०७४

काठमाडौँ – ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले जनताले अब विद्युत्भार कटौतीको समस्या सामना गर्नुनपर्ने बताएको  छ । आज यहाँ आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा मन्त्री शाहीले ट्रान्समिसन लाइन मर्मतलगायत अन्य मर्मतको काम गर्दा केही समय विद्तभार कटौती भए पनि अन्य समयमा नागरिकले नियमित विद्युत् प्रयोग गर्न सक्ने जिकिर गरे । 
मन्त्री शाहीले विद्युत् व्यवस्थापन गर्नका लागि कम शक्ति भएको बल्ब र फ्यानको प्रयोग गर्न सबैलाई आग्रह गरे।

 ‘पूँजीपति वर्गसँग रहेको रकमलाई उपयोग गरी विद्युत् उत्पादनलाई पहिलो प्राथमिकता दिइनेछ’ अर्को प्रसंगमा उनले भने, ‘राष्ट्रिय लगानीले मात्रै जलविद्युत् उत्पादनको पूर्ति नहुने भएकाले आवश्यकताअनुसार विदेशी लगानी भित्र्याइने छ ।’ 


उनले जनताले एक हप्ताभित्रै विद्युत् महसुल कारोबार अनलाइन प्रणालीमार्फत गर्न पाउने समेत जानकारी दिए । बूढीगण्डकी परियोजना निर्माण कम्पनीलाई समयमा नै काम सक्न निर्देशन दिँदै उनले तोकिएको समयमा काम नभए सम्झौता रद्द गर्ने चेतावनीसमेत दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप