बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंको जडिबुटीबाट पेस्तोल सहित तीन जना पक्राउ

आइतबार, १५ पुस २०७५, १२ : ३०
आइतबार, १५ पुस २०७५

 काठमाडौं– काठमाडौंको जडिबुटीबाट एक थान पेस्तोल सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 पक्राउ पर्नेहरुमा धदिङ स्थायी घर भई काठमाडौं बस्दै आएका अर्जुन प्रसाद अधिकारी र धादिङकै केदार अधिकारी रहेका छन् ।

केदारको साथबाट अवकासप्राप्त प्रहरी जवानको नक्कली परिचयपत्र फेला परेका महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । दुई अधिकारीसँगै काभ्रे स्थायी घर भएका अञ्जन उप्रेतीलाई पनी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुको साथबाट एकथान चाईनिज पेस्तोल, म्यागेजिन र ३ राउण्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ । पेस्तोल बाहेक उनिहरुको साथबाट ६ थान घरेलु हतियार (खुकुरी) समेत बरामद गरिएको काठमाडौं प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप