मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

खुट्टाको कमालः लगाएर नधोएका मोजा, जुत्ता बेचेर कमाउँछिन् एक करोड ४२ लाख

आइतबार, १५ पुस २०७५, १० : ३९
आइतबार, १५ पुस २०७५

एक मोडलले आफूले लगाएको मोजा र जुत्ता बेचेर वर्षको एक लाख पाउन्ड (एक करोड ४२ लाख रुपैयाँ) कमाउँछिन् ।

कसैले उनको खुट्टा निकै सुन्दर भएको बताएपछि, रोक्सी साइक्स, ३३ ले यसको वास्तविकता जान्ने सोच बनाइन् ।

लण्डनमा बसेर घरजग्गामा लगानी गर्दै आएकी उनले मानिसहरुले उनको खुट्टामा कत्तिको रुची दिन्छन् भनेर इन्स्टाग्राम पेज बनाइन् । एक महिनामा दस हजार बढी फलोअर पुगेपछि उनले आफ्ना ‘फ्यान’ को कुरा सुन्ने निर्णय गरिन् ।

रोक्सीले त्यसपछि आफ्नो सोसल मिडिया अकाउन्टमा आफूले लगाएका तर नधोएका एक जोर मोजालाई २० पाउन्ड र जुत्तालाई दुई सय पाउन्डमा बेच्न थालिन् ।

विगत चार वर्षदेखि यो व्यवसायमा लागिरहेकी रोक्सीले व्यस्त महिनामा आठ हजार पाउन्डसम्म कमाई हुने गरेको बताइन् ।

रोक्सीले भनिन्, ‘एकजना साथीले मेरो खुट्टा एकदम राम्रो बताएपछि यसलाई देखाउन सोसल मिडियामा अकाउन्ट नै बनाउन मनलाग्यो ।’

‘थुप्रै फलोअरले मैले प्रयोग गरेका मोजा र जुत्ता बेच्न आग्रह गरेपछि यसबाट मैले नाफा कमाउन सक्छु भन्ने लाग्यो ।’

‘सुरुमा मैले मेरो अनुहार देखाइनँ, त्यसकारण मानिसहरु मेरो खुट्टामा का लागि मात्र ममाथि रुची देखाइरहेका थिए । त्यसकारण यसो गर्न त्यति हिच्किचाइनँ ।’

‘जब मैले बिक्रि गर्न सुरु गरेँ तब धेरैले यसमा रुची देखाए । यो देखेर मैले आफ्नो सोचलाई व्यवसायमा नै बदल्ने सोच बनाएँ ।’

‘म अब यसलाई निरन्तरा दिइरहन्छु किनभने म जतिसुकै बुढी भएपनि मेरो खुट्टाले मलाई पैसा कमाउन सहयोग गरिरहनेछ ।’

उनले सोसल मिडियामात्र नभई विभिन्न वेबसाइटमा पनि आफ्नो व्यवसाय बिस्तार गरिन् । उनी भन्छिन्, ‘एउटा वेबसाइटबाट मात्रै पनि एक हप्तामा दुई हजार पाउन्ड कमाउन थालेँ ।’

‘मैले दुई महिनासम्म लगाएको जुत्ता दुई सय पाउन्ड (२८ हजार रुपैयाँ) पर्छ भने एक दिन लगाएको मोजा २० पाउन्ड (दुई हजार आठ सय रुपैयाँ) पर्छ,’ उनले भनिन् ।

‘मैले खुट्टा मात्र हल्लाएको भिडियोले सय पाउन्ड कमाउँछ, त्यसकारण मैले यसबाट धेरै पैसा कमाइरहेकी छु ।’

आफ्नो फोटो र र भिडियोमा नकारात्मक कमेन्ट पाउने गरेपनि यसबारे उनी भने निकै सकारात्मक छिन् ।

उनी भन्छिन्, ‘मैले जे गरिरहेकी छु, त्यसमा निकै खुसी छु । म यसलाई मेरो कामको रुपमा हेर्छु ।’

‘मैले जे गरिरहेको छु त्यसले मलाई सम्बन्धमा रहन कुनै गाह्रो भइरहेको छैन । मेरा साथी, आफन्तले मेरो कामको तारिफ गर्छन्,’ उनी थप्छिन् ।

‘चाहे जे सुकै होस्, म यो काममा निरन्तरता लागिरहनेछु । यसबाट निकै सजिलै पैसा कमाइरहेकी छु भने यो किन बन्द गर्ने ?’

आफ्नो यो कला उनले अन्य मोडललाई पनि सिकाइरहेको बताएकी छिन् । उनी भन्छिन्, ‘यसबाट मैले जसरी पैसा कमाउनका लागि थुप्रै मोडललाई तालिम दिन सुरु गरेकी छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप