बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

माघ ७ भित्र सबै  चुनाव गर्न पर्याप्त पहल नभएको सभामुखको गुनासो

बिहीबार, १२ साउन २०७४, १७ : ४६
बिहीबार, १२ साउन २०७४

काठमाडौं– सभामुख ओनसरी घर्तीले प्रमुख राजनीतिक दलहरुले आगामी माघ ७ गते भित्र सबै तहको निर्वाचन सम्पन्न गर्न अझै पर्याप्त पहल गर्न नसकेको गुनासो गरेकी छन् ।

सभामुख घर्तीले असन्तुष्टहरुलाई वार्ता र संवादमार्फत् सम्बोधन गरी सबै पक्षलाई संविधान कार्यान्वयनको मूलधारमा ल्याउन सरकारसँग आग्रह पनि गरेकी छन् । 
विहिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संवैधानिक व्यवस्था अनुसार सबै तहको निर्वाचन सम्पन्न गरी मुलुकलाई राजनीतिक स्थिरता र आर्थिक उन्नतितर्फ डोहो¥याउने दायित्व सरकार र राजनीतिक दलहरुकै भएको पनि स्पष्ट पारिन् । संविधानमा आगामी माघ ७ गते भित्र प्रदेश सभा, प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचन सम्पन्न गरिसक्नुपर्ने व्यवस्था छ ।


सभामुख घर्तीले संविधानले सबै वर्गको उत्थान हुने क्रान्तिकारी व्यवस्था गरेपनि त्यसलाई कार्यान्वयनमा लैजान नसकिने हो कि भन्ने आशंका बढदै गएको पनि उल्लेख गरिन् । उनले मुलुकलाई निकास दिन दलहरुबीच बलियो सहकार्यको आवश्यक्तामा पनि जोड दिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप