बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

१५ वर्षीय किशोर दुई दिनदेखि बेपत्ता

बिहीबार, १२ साउन २०७४, १७ : ३०
बिहीबार, १२ साउन २०७४

पोखरा । तनहुँमा एक विद्यार्थी दुई दिनदेखि बेपत्ता भएका छन् । 

विद्यालय जान निस्केका व्यास–११ तनहुँका १५ वर्षीय सुसन अधिकारी बुधबारदेखि बेपत्ता भएका हुन् । स्थानीय सत्यावती माविमा कक्षा १० मा अध्ययनरत उनी मंगलबार साँझसम्म घर नफर्किएपछि परिवारले खोजी शुरु गरेको छ । उनका साथी र आफन्त कसैकामा पनि उनी नभेटिएपछि खोजिदिन जिल्ला प्रहरी कार्यालय तनहुँमा सुसनका बुबा गणेशले आज निवेदन दिएका छन् । 

“हामीले सबैतिर फोन गरेर बुझिसक्यौँ । पहिले गइरहने ठाउँमा गएको छैन” उनकी दिदी सृष्टिले भनिन्– “घरमा पनि खासै नराम्रो भएको होइन । विद्यालय किन नगएको भनेर सोधेका थियौँ, भोलिपल्ट भाइ घरमै आएन ।” 

रुदी खोलाको पुल भाँचिएपछि बस दुर्घटना 

कास्कीको मादी गाउँपालिका–९ र लमजुङको मध्यनेपाल नगरपालिका–८ जोड्ने रुदी खोलाको पुल आज भाँचिएपछि बस दुर्घटना हुँदा २५ भन्दा बढी यात्रु घाइते भएको र एक जना खोलाले बगाएर बेपत्ता भएका छन् । 

अपराह्न कास्कीको लेखनाथ हुँदै लमजुङको लासोथार गाउँपालिकाको बालुवाबेँसी जाँदै गरेको ना ५ ख ६३९५ नंको बस रुदी खोलाको पुलको जिप भाँचिएपछि दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता खड्गबहादुर खत्रीले जानकारी दिए । 

घटनालगत्तै प्रहरी टोलीले घटनास्थल पुगी उद्धार एवं थप अनुसन्धान गरिरहेको उहाँले जानकारी दिए । दुर्घटनामा दुई जना चेपिएको अवस्थामा देखिएकाले उद्धारको प्रयास गरिएको मादी गाउँपालिकाका प्रमुख श्याम गुरुङले जानकारी दिए । उनका अनुसार बसमा यात्रारत अन्य २५ यात्रुको भोर्लेटारमा उपचार भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप