शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

थ्रीस्टारको विवाद टुंगिएन, एन्फा बैठक अनिश्चित

बिहीबार, १२ साउन २०७४, १७ : २५
बिहीबार, १२ साउन २०७४

काठमाडौं– थ्रीस्टार क्लबलाई क्षतिपूर्ति दिने विषयमा विवाद भएपछि विहीबार बस्ने भनिएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को बैठक पुनः स्थगित भएको छ । 

एन्फाको लापर्बाहीका कारण गतवर्ष एएफसी कप फुटबल प्रतियोगिताको दोस्रो चरण खेल्न नपाएको थ्रीस्टारले दोषीमाथि कारबाहीसहित रु छ करोड माग गर्दै आएको छ । सोही विषयमा कुरा नमिलेपछि बुधबार बसेको बैठक विहीबार १ बजे पुनः बस्ने गरी स्थगित गरिएको थियो । 

एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले अर्को सूचना नआइन्जेलसम्मका लागि बैठक स्थगित गर्न निर्देशन दिएपछि बैठक स्थगित गरिएको जानकारी दिए ।  

उनले अर्को बैठक कहिले बस्ने भन्ने विषयमा केही टुंगो नभएको बताए । बुधबारको बैठकका लागि तय भएका विभिन्न नौवटा एजेन्डामा थ्रीस्टारलाई क्षतिपूर्ति दिने विषयबाहेक अन्य सबै विषयमा लगभग सहमति भएको थियो । 

एशियाली फुटबल महासङ्घ एएफसीले तीन पटकसम्म इमेल पठाए पनि एन्फाले खेलाडीको नामावली नपठाउँदा थ्रीस्टार क्लब दोस्रो चरण खेल्नबाट वञ्चित भएको थियो । 

थ्रीस्टारले क्षतिपूर्ति नपाएसम्म एन्फाले आयोजना गर्ने कुनै पनि प्रतियोगितामा सहभागी नहुने भन्दै बहिष्कार गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप