मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

कविता : धरहराको सम्झना

शनिबार, १४ पुस २०७५, ११ : ५८
शनिबार, १४ पुस २०७५

ध्रुव गजुरेल

२०७२ वैशाख १२ सम्झन मनै छैन मलाई
विनाशकारी भूकम्पले हजारौँ नेपालीहरू मर्दा
दुःखी बनाएको थियो धरहरा ढलेर मलाई
जस्तो हुनेछ शिर ढलेर भूमिमा झर्दा ।

उद्धार र राहतमा जुटेर हिँड्दामा पनि
नेपालीपन देखेर गौरव लाग्यो मलाई
संविधान घोषणा, नाकाबन्दीको बेलामा पनि
स्वाभिमान नझुकेकोमा गर्भ लाग्यो मलाई

मेरो धरहरा मै बनाउँछु जपिरहेका छन्
देश र विदेशमा रहेका नेपालीहरूले पनि
धरहरा बनाउँन भन्दै दान गरिरहेका छन्
अरबको भूमिमा पसिना बगाएर पनि ।

केही शान्ति पक्का मिल्छ भूकम्पमा परेकालाई
बाइस तले धरहराको शिरबाट हेरेपछि
सोध्नुपर्छ कति दुःख्छ बन्चरोले काटेकालाई
पक्कै पनि निको हुन्छ मलमपट्टी टाँसेपछि ।

आजको दिन इतिहासमा सम्झनेछन् सबले
पहिलो इँटा राख्नुभयो प्रधानमन्त्रीज्यूले
बाँकी इँटा राख्न हामी जुटेका छौँ सबै
चाँडै बनोस् हाम्रो धरहरा गर्भ गरून् सबै ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप