शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

कविता : मौका

शनिबार, १४ पुस २०७५, ११ : ५३
शनिबार, १४ पुस २०७५

चण्डिका भट्टराई

केही गर्ने हिम्मत छ मसँग पनि
जोस र जाँगर  अझै छन् बाँकी
हरेस खाएको छैन मैले थकाइ लागे पनि 
बस एक मौकाको खोजीमा छु 
जिन्दगीमा अघि बढ्नको लागि ।

थाहा छ, यात्रा छ कठिन जीवनको
अनेक बाधा अड्चन पन्छाउनु छ बाटोको
काँडाहरूले घोच्छन् हरेक पाइलामा
बस एक मौका अनि पुग्नु छ सफलताको शिखरमा
सफल अवश्य हुनेछु विश्वास छ मनमा ।

सुनौलो बिहानीसँगै सुरु गर्नुछ पल्टाउन 
जिन्दगीको पाना,
बस एक मौका अनि पूरा हुनेछन् सबै सपना 
अनेक रङ्गहरूले सजाउनु छ जिन्दगीको आकाश 
दुःखको कालो अन्धकार हटाउन ल्याउनु छ खुसीको प्रकाश 
फूल्ने छ जिन्दगीमा आशाको फूल छर्दै मीठा मीठा सुवास 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप