शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मुक्त हलियामाथि कसले गर्यो राजनीति ?

बिहीबार, १२ साउन २०७४, १७ : ००
बिहीबार, १२ साउन २०७४

डोटी–राष्ट्रिय मुक्त हलिया समाजले गत साउन १० गते जिल्ला मालपोत कार्यलय डोटीमा भएको घटना र त्यससँग सम्बन्धित विभिन्न संचारमाध्यममा प्रकासित समचारप्रति आपत्ति जनाएको छ । समाजले सो घटनामा कसैको पनि संलग्नता नरहेको र मुक्त हलियाको सामाजिक आवासका लागि भुमिसुधार मन्त्रालयबाट प्रप्त ७४ लाख रकमबारे समाचारमा आएजसरी कुनै कमिसन नबाँडको दावी गरेको छ । 
केही दिनअघि समाजले मुक्त हलियाका नाममा सरकारले छुट्याएको रकम फ्रिज हुन लागेको भन्दै मालपोत कार्यलय घेराउ गरेका वेला केही राजनीतिक दलका कार्यकर्ताले मालपोत प्रमुखलाई कालोमोसो दलेका थिए । 
समाजका अध्यक्ष भीमबहादुर सार्कीले एक विज्ञप्ति जारी गर्दै केही राजनीतिक पार्टीका कारण मुक्त हलियाको सामुहिक कार्यक्रम अनिश्चित भएको भन्दै सुनिश्चित बनाउन आग्रह गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप