बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

शिक्षण पेशा छाडेर लगाएको अकबरे खुर्सानीबाट तीन लाख आम्दानी

बिहीबार, १२ साउन २०७४, १६ : ३३
बिहीबार, १२ साउन २०७४

पाँचथर– फाल्गुनन्द गाउँपालिका–४ का तारावीर नेम्बाङले गाउँकै जनता प्राविमा डेढ वर्ष शिक्षण पेशा गरे । शिक्षण पेशाबाट मात्रै जीविकोपार्जन सम्भव नदेखेपछि उनले कृषि पेशा नै अगाँले । परम्परागत कृषि पेशाबाट पनि सोचेजस्तो आम्दानी गर्न नसकेपछि उनले अकबरे खुर्सानी रोप्न थाले । 

अहिले नेम्बाङले व्यावसायिक रुपमा अकबरे खुर्सानीखेती गरी वार्षिक रु तीन लाखसम्म आम्दानी गर्दै आएका छन् । उत्पादन भएको खुर्सानी राँके र घुर्विसे बजारमा बिक्री गर्छन् । उनको खुर्सानी बिक्रीका लागि झापा, सुनसरी तथा काठमाडौँसम्म पुग्छ । 

अकबरे खुर्सानीसँगै नेम्बाङले व्यावसायिक रुपमा सुन्तला र अलैँची खेती समेत गर्दैआएका छन् । अलैँची खेतीबाट उहाँले वार्षिक रु पाँच लाखसम्म तथा सुन्तला खेतीबाट वार्षिक रु एक लाखसम्म आम्दानी गर्दै आएका छन् । नेम्वाङ् राष्ट्रपति कृषक पुरस्कार २०७२ बाट समेत सम्मानित भइसकेका छन् ।  

“जोश, जाँगर र हिम्मत गरे पैसा कमाउन विदेश गइरहनु पर्दैन,”उनले भने । गाउँमै २० रोपनी जग्गा किनेर अहिले उनी व्यावसायिक रुपमा अकबरे खेती र अलैँची खेती गर्दै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप